ब्रेकिंग न्युज

भावि अर्थमन्त्रीका बिशेष योग्यता : अर्थशास्त्रमा पिएचडी गरेका डा.महतको नीति अर्थशास्त्रमा डिग्री




कपिलवस्तु १४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारी थालेको हप्ता दिन नाघिसकेको छ। यद्यपि, १० दलीय गठबन्धनमा मन्त्रालयको भागबन्डा नमिल्दा अझै मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। दोस्रोपटक प्रचण्डलाई विश्वासको मत दिएका दलहरु अनौपचारिक छलफलमा व्यस्त छन् नै, गठबन्धनले मंगलवार ४ बजेका लागि बैठक पनि डाकेको छ।मन्त्रालयको टुंगो नलाग्दै कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले अर्थ मन्त्रालय पाउने पक्कापक्की भएको बताइएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले महतलाई अर्थमन्त्री बनाउने वचन दिइसकेको र यस विषयमा प्रधानमन्त्री प्रचण्डले पनि ओके भनिसकेको बताइएको छ।
पछिल्लो निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने लगभग निश्चित थियो। निर्वाचनअघि बाटै कांग्रेस नेता प्रकाशशरणले अर्थमन्त्रीमा तयारी भित्री तयारी थालेका थिए। यसका लागि उनलाई दाजुसमेत रहेका पूर्वअर्थमन्त्री डा रामशरण महतले मार्गप्रशस्त गरेको बताइन्छ। निर्वाचनमा उम्मेदवार नबनेर रामशरणले प्रकाशशरणलाई सघाएका थिए। त्यसैले देउवा प्रधानमन्त्री बनेमा प्रकाशशरण लगभग अर्थमन्त्री बन्ने पक्का रहेको भनिएको थियो।यद्यपि, अन्तिम समयमा गठबन्धन जोगाउन नसक्दा नेकपा माओवादीका अध्यक्ष प्रचण्ड एमालेको सहयोगमा प्रधानमन्त्री बने। अर्थमन्त्री एमालेका विष्णु पौडेल बने। राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई माओवादीले साथ दिएपछि अहिले एमाले सरकारबाट बाहिरिएको छ। यससँगै अर्थमा कांग्रेसले आफ्नो पुरानै दाबी कायम राखेको हो।
डा महत कांग्रेस सभापति देउवा निकट नेता हुन्। महतलाई १३ औं महाधिवेशनपछि देउवाले सहमहामन्त्रीमा मनोनयन गरेका थिए। त्यसपछि १४ औं महाधिवेशनमा देउवा टिमबाट महामन्त्रीमा भिडे उनी। तर, महामन्त्रीमा पराजित उनलाई देउवाले केही समयमै केन्द्रीय सदस्यमा मनोनित गर्दै प्रवक्ताकोसमेत जिम्मेवारी दिए।२०३३ सालमा महाराजगञ्ज कलेजमा नेविसंघको इकाई सभापति भएका उनले २०३५र३६ विद्यार्थी आन्दोलनमा ६ महिना जेल सजाय भोगेका थिए। २०३९ मा नेविसंघको महामन्त्री बनेका उनी बहुदलीय प्रजातन्त्र प्राप्तिका लागि भएको २०४६ सालको जनआन्दोलनमा आन्दोलन परिचालन समितिको सदस्य रहेर काम गरे।
अमेरिकाको इलिनोइस राज्यस्थित कार्बोन्डेलमा रहेको साउथर्न इलिनोइस युनिभर्सिटीबाट अर्थशास्त्रमा ुपीएचडीु गरेका महतले इलिनोइसकै उर्बाना च्याम्पेनमा रहेको इलिनोइस विश्वविद्यालयबाट नीति अर्थशास्त्र (पोलिसि इकोनोमिक्स) मा स्नातकोत्तर गरेका छन्। महतले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका हुन्।मैले अर्थशास्त्रमै पिएचडी गरेको हुँ अमेरिकाबाट। प्रतिस्पर्धामा पढ्न गएको हो, महतले पहिलोपोस्टसँगको भेटमा भनेका थिए।राजनीतिमा पनि आफ्नो योग्यतामा कुनै कमी नरहेको महतको दाबी छ। मेरो कुरा के भने हामी ४६ साल अघिदेखि नेविसंघको राजनीतिमा छौं। ७ कक्षा पढ्दा जेल गएको। लगातार स्कुल जीवनदेखि देशमा प्रजातन्त्र स्थापनाका लागि जनाधिकार स्थापनाका लागि लड्यालड्यै। पढ्या पनि छु, महतले भनेका थिए, पार्टीको पृष्ठभूमि पनि छ। काम गरेर पनि देखाएको छु। उर्जामन्त्री हुँदा होस् या विदेशमन्त्री हुँदा। योग्यताको हिसाबमा कुनै कमी छैन।
यसअघि आफूलाई पार्टीले जुनसुकै जिम्मेवारी दिए पनि निभाउने तर मिडियाबाजीमा आफू नउत्रने महतले बताएका थिए। पार्टीले छलफल गरि मैले जिम्मेवारी लिनुपर्छ भनेर पार्टी नेतृत्व निष्कर्षमा पुग्दाखेरि कुनै पनि जिम्मेवारी लिन म सक्षम छु। म लिन्छु, प्रवक्ता महतले भनेका थिए, मलाई यो चाहियो त्यो चाहियो भनेर मिडियाबाजी वा सार्वजनिक बहस गर्न मैले आवश्यक ठान्दिनँ।
नेपालको आर्थिक विकासको जग हालेका जस डा। रामशरणलाई जाने अर्थविद्हरु बताउँछन्। उनै महतका भाइ प्रकाशशरण २०६१ मा देउवा नेतृत्वको सरकारमा परराष्ट्र राज्यमन्त्री बनेका थिए। २०६६ मा ऊर्जामन्त्री बनेका उनी २०७३ मा परराष्ट्रमन्त्री बनेका थिए। ऊर्जामन्त्री रहँदा महतले जगेडामा रहेका कुलमान घिसिङलाई ब्रेक थ्रुु दिएका थिए। उनै कुलमानका कारण नेपालमा लोडसेडिङ अन्त्य भए पनि उनैलाई नियुक्ति दिएपछि महत भने पार्टीभित्र चर्को घेराबन्दीमा परेका थिए।अघिल्लो निर्वाचनमा काठमाडौं(५ बाट एमालेका इश्वर पोखरेलसँग चुनाव पराजित भएका उनी त्यसपछि सरकारमा सहभागी हुन पाएनन्। यसपटक नुवाकोटबाट प्रत्यक्षमा निर्वाचन लड्न लबिङु गरे पनि गठबन्धनका कारण उनले टिकट पाएनन्। त्यसपछि समानुपातिक सूचीबाट सांसद बनेका हुन्।

प्रकाशित : १४ चैत्र २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६