अर्थ-वाणिज्य

स्थानीय सरकारलाई सडक ब्यापारीले ४२ लाख कर तिरेनन्




तानसेन १४ चैत । तानसेनस्थित मख्खनटोलका घरटहरामा व्यापार गर्ने व्यापारीहरूले तानसेन नगरपालिकालाई लाखौँ कर तिरेका छैनन् । यहाँका २३ जना व्यापारीले अटेर गरेर तानसेन नगरपालिकालाई ४२ लाख राजश्व नतिरेको खुलेको छ ।नगरपालिकालाई अटेर गरेर उनीहरूले वि।स। २०६६ सालदेखि हालसम्म कर नतिरेको नगरपालिकाले जनाएको छ । उनीहरुले २०७९ पुस मसान्तसम्ममा ४१ लाख ९९ हजार बढी कर तिरेका छैनन् । नगरपालिकाले घरटहराको मासिक ५०० देखि २ हजार रुपियाँसम्म टंकी बहाल कर तोकेको छ । यद्यपी उनीहरूले भने विभिन्न व्यापारीबाट भाडामा लगाएर शुल्क उठाइरहेका छन् ।
नगरपालिकाले मनोमानी रुपमा कर लगाएको भन्दै २३ जना व्यापारीले कर नतिरेको बताएका छन् । यद्यपी नगरपालिकाले भने नगर क्षेत्रको जग्गामा बहालबिटौरी तथा टंकीबहाल कर लगाउने अधिकार आफ्नो भएको बताएको छ । सडक हाम्रो हो जे पनि गर्न सकिन्छ भन्ने मनसाय सडक क्षेत्रका टहरा बिक्री गर्ने व्यापारीमा देखिएको नगरपालिकाले जनाएको छ । सडकको जग्गामा दश वर्षदेखि सित्तैमा व्यापार गरेका व्यापारीले एउटा सटरको ६ हजारदेखि २० हजारसम्म भाडामा लगाएको व्यापारीकै भनाइ छ ।तानसेनमा व्यक्तिको घरमा बस्नेले समेत नगरपालिकालाई कर तिरेका बेला मख्खनटोल क्षेत्रमा २३ जना व्यापारीले भने नगरपालिकाबाट १० वर्षदेखि सित्तैमा सरकारी जग्गा प्रयोग गरिरहेका हुन् ।

प्रकाशित : १४ चैत्र २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६