खोज–अनुसन्धान

एमालेको मिसन ग्रासरुट जनसंगठन केन्द्रित, जहिले चुनाव भएपनि एमालेको पक्षमा बहुमत: ढकाल




कपिलवस्तु १५ चैत ।कपिलबस्तु नगरपालिकामा मिसन ग्रासरुट अन्तरगर्त अगुवा कार्यकर्तालाई प्रशिक्षण दिदै एमाले निकटका ५ वटा जनसंगठन निमार्ण गरिएको छ । नगरको ११ नं. वडाका कार्यकर्तालाई प्रशिक्षण दिदै केन्द्रिय सदस्य भुमिश्वर ढकालले एमाले आउदो चुनावमा एक्लै बहुमत सिट ल्याउन सक्ने दाबी गर्नुभयो । यस्तै जिल्ला अध्यक्ष डम्मर शर्माले बोल्दै कपिलबस्तु नगरपालिकामा एमालेको जित नहुदा विकास निर्माणको काम पनि पछाडि परेको बताउनुभयो ।त्यसैगरी एमालेका प्रदेश नेतय एवं बाणगंगाका मेयर चक्रपाणी अर्यालले कपिलबस्तु नगरमा मिसन ग्रासरुट अत्यन्तै प्रभावकारी ढंगले अगाडी बढेको उदाहरण ११ नं. वडाले देखाएको स्पष्ट पार्नुभयो ।
वडा कमिटीका अध्यक्ष अमिरुल्लाह फकिरको अध्यक्षता सचिव राधेश्याम विश्वकर्माको संचालनमा भएको कार्यक्रममा एमाले जिल्ला नेता भेषराज पाण्डे, सुमित्रा परियार, हेमनाथ ज्ञवाली लगाएतले विभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो । सो कार्यक्रममा २ सय बढी अगुवा कार्यकताको उपस्थिती रहेको थियो । यता नेकपा एमालेको २ महिने मिसन ग्रास रुट अभियानले टोल बस्ती तातेको छ । यसैक्रममा पार्टी सुदृढीकरण र विस्तारका लागि विहिवार कपिलवस्तुका गाउँ वस्तीमा विभिन्न कार्यक्रम भएका छन् ।


यसैक्रममा पार्टी सुदृढीकरण र विस्तारका लागि कपिलवस्तुका गाउँ वस्तीमा विभिन्न कार्यक्रम भएका छन् । अभियान अन्तरगत वाणगंगा वडा नं ४ का टोलमा कार्यक्रम गरिएको छ । सिद्धिपुर टोल विकास कमिटिको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पाटी जिल्ला कमिटि सदस्य एवं वडा इन्चार्ज पार्वती पाण्डेले टोल टोलमा जनताका समस्या भएको भन्दै ति समस्यालाई समाधान गर्नु पर्ने बताउनु भयो । साथै उहाँले जनप्रतिनिधिले चुनाबका बेला गरेका प्रतिवद्धता अनुरुप काम गर्नु पर्नेमा समेत जोड दिनु भयो ।
टोल कमिटिका अध्यक्ष कृष्ण वकावलको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष छबी रेश्मी मगर , लोकनाथ ज्ञवाली , नगर परिषद् सदस्य राजेन्द्र वहादुर थापा , कान्ता क्षेत्री ,वडा कमिटि अध्यक्ष देवी पाण्डे, उपाध्यक्ष कृष्ण वहादुर शाही , हरि वहादुर के.शी लगायतले वर्तमान समसामयिक विषयमा बोल्नुभएको थियो । यस्तै डुगा टोल कमिटिको पनि भेला गरिएको छ । वडा नं ४ अन्तरगत रहेका ७ वटै टोल कमिटिका भेला सकिएको वडा अध्यक्ष देवी पाण्डेले जानकारी दिनु भएको छ । अभियान अन्तरगत शिवराज १ को करैया टोलमा भेला गरिएको छ ।


भेलालाई पाटी प्रदेश कमिटि सचिवालय सदस्य जंजिर प्रसाद थारुले सम्बोधन गर्दै आगामी निर्वाचनमा एमालेलाई वहुमत ल्याउने गरि काम गर्न कार्यकर्तालाई सुझाव दिनु भयो । लौटु प्रसाद थारुको अध्यक्षता , माया वैजालीको सञ्चालनमा भएको कार्यक्रममा जिल्ला सचिवालय सदस्य पिताम्वर भुषाल , वडा कमिटि अध्यक्ष ढुण्डीराज अधिकारी , वडा अध्यक्ष खिम विक्रम के.शी. , जिल्ला परिषद् सदस्य लगायतले समसामयिक विषयमा बोल्नु भएको थियो । भेलाले पुन ः लौटु प्रसाद थारुको अध्यक्षतामा ११ सदस्सीय करैया टोल कमिटि सर्वसम्मत चयन गरेको छ ।

प्रकाशित : १५ चैत्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६