अर्थ-वाणिज्य

लुम्बिनीमा आजदेखि दुई दिने राष्ट्रिय मिडिया सम्मेलन हुने




बुटवल १६ चैत्र ।लुम्बिनीमा आजदेखि दुई दिने राष्ट्रिय मिडिया सम्मेलन हुने भएको छ । नेपाल पत्रकार महासंघले आफ्नो ६८औँ स्थापना दिवसको अवसर पारेर लुम्बिनीमा चैत १६ र १७ गते २ दिने मिडिया सम्मेलन गर्न लागेको हो । बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष विपुल पोखरेलले सम्मेलनमा सदस्यता शुद्धीकरण, मुलुकमा देखिएको आर्थिक संकटले मिडियामा निम्ताएको असर र स्थानीय तहले बनाएका कानुनहरूका विषयमा बृहत बहस र छलफल गरिने जानकारी दिनुभयो ।
सम्मेलनमा मिडियाका लगानीकर्ता, सरकारी प्रतिनिधि र रिसर्चरहरू समेत सहभागी हुनेछन् । सम्मेलनमा देशभरबाट २५० जना सहभागी हुनेछन् । सम्मेलनको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले उद्घाटन गर्ने कार्यक्रम छ । १६ गते महासंघले स्थापना दिवसमा उपत्यका बाहिर पश्चिम नवलपरासीमा प्रभातफेरि गर्ने कार्यक्रम छ । परासीमै महासंघको ८औं बैठक र साँझ लुम्बिनीमा दीप प्रज्वलन गर्ने कार्यक्रम समेत राखिएको महासंघका महासचिव रोशन पुरीले जानकारी दिनुभयो ।

प्रकाशित : १६ चैत्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६