खोज–अनुसन्धान

लुम्विनीको अस्पतालमा एमडी र एमएसको पढाइ गर्ने अनुमति प्राप्त




वाँके १६ चैत । लुम्विनी प्रदेश स्थित एक अस्पतालले एमडी र एमएसको पढाइ गर्ने अनुमति प्राप्तगरेको छ । पश्चिम नेपालका तीन प्रदेशका बिरामीका लाग रेफरल अस्पतालको रूपमा रहेको भेरी अस्पताल नेपालगञ्जलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आङ्गिक अस्पतालको रूपमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न स्वीकृत प्राप्त भएको छ ।
सो स्वीकृति प्राप्त भएसँगै अब भेरी अस्पतालमा एमडी र एमएसको पढाई हुने अस्पतालका प्रमुख डा. बद्री चापागाईँले बताउनुभयो । उहाँका अनुसार सङ्घीय अस्पताल भए पनि यसअघि भेरी अस्पतालमा शैक्षिक कार्यक्रमहरू सञ्चालन हुन पाएका थिएनन् । यो स्वीकृतिपछि वीर अस्पतालमा एमडी÷एमएस अध्ययनका लागि विद्यार्थी भर्ना भए पनि अध्ययन भने उनीहरूले भेरी अस्पतालमा गर्ने डा. चापागाईँले बताउनुभयो ।
भेरी अस्पतालको मातहतमा उनीहरूले एमडी÷एमएसको अध्ययन पूरा गर्ने जनाउँदै उहाँले यसबाट भेरी अस्पतालको सेवा प्रवाहमा गुणात्मक सुधार आउने दाबी गर्नुभयो । एमडी डाक्टरले बिरामीलाई गुणस्तरीय सेवा दिने भएपछि शैक्षिक एवम् अनुसन्धानका गतिविधिहरू बढ्ने भेरी अस्पतालका सूचना अधिकारी डा. सङ्केत रिसालले बताउनुभयो ।

प्रकाशित : १६ चैत्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६