अर्थ-वाणिज्य

देश मध्यावधीमा जान सक्छ, एमाले एक्लै बहुमत ल्याउन तयार छ: न्यौपाने




पार्वती पाण्डे
कपिलवस्तु १७ चैत्र ।एमालेका पोलिटब्युरो सदस्य एवं मुख्य मन्त्रीका राजनैतिक सल्लाहकार दधिराम न्यौपानेले आउने निर्वाचनमा एमालेको वहुमत आउने गरि उत्साहका साथ जनताका काम गर्न पाटी कार्यकर्तालाई निर्देशन दिनु भएको छ । उहाले यो गठबन्धन छिटटै फैल भएर देश मध्यावधीमा जानसक्ने वताउदै जहिले चुनाव भएपनि एमाले एकल बहुमत ल्याउन सक्षम रहेको उहाले वताउनु भयो ।नेकपा एमाले वाणगंगा वडा नं ४ को वडा कमिटिले शुक्रवार गजेहडामा आयोजनामा भएको विषयगत प्रशिक्षण शिविरमा नेता न्यौपानेले यस्तो बताउनु भएको हो । जनसंगठन निमार्ण , परिचालन , संगठित सदस्यको महत्वका विषयमा प्रष्ट्याउदै नेता न्यौपानेले सहि तवरले कमिटि परिचालित हुनु पर्ने जनाउनु भयो ।
जनताको वहुदलिय जनबादको बारेमा प्रशिक्षित गर्दै जबजका १४ विशेषताका बारेमा नेता न्यौपानेले प्रष्ट्याउनु भएको थियो । पाटीको निति कार्यक्रम जनता समक्ष पुर्याउनु पर्नेमा उहाँले जोड दिनु भयो । डिजिटल नेपाल , सामाजिक सुरक्षा , जनताआवास कार्यक्रम , स्वास्थ्य बिमा जस्ता समाजबादका आधारहरु तय भैसकेको बताउदै पुर्ण समाजबादले मात्र समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पुुरा हुने उहाँले औल्याउनु भयो । कार्यक्रममा पाटी प्रदेश कमिटि सदस्य बाबुराम खनालले कम्युनिष्टहरुको शैली , पद्धती र अनुशासनका बारेमा प्रशिक्षित गर्नु भएको थियो । नेता खनालले कम्युनिष्टको आचरण , कार्य शैली व्यवहारले देखाउनु पर्ने बताउनु भयो


नेपाली जनताको वर्गीय र सामाजिक मुक्ति, नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितको रक्षा, जनतामा निहित सार्वभौमसत्ता र लोकतान्त्रिक प्रणालीका लागि सञ्चालित सामन्तवाद– साम्राज्यवाद विरोधी सङ्घर्षका क्रममा विकास हुँदै; फुट, विभाजन तथा एकताका अनेक उतार–चढाव पार गर्दै एवम् राज्य सञ्चालनका समेत अनुभवहरु हासिल गर्दै अघि बढ्ने क्रममा पार्टी आज नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) का रुपमा स्थापित छ ।
यस पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवाद हो । नेपाली समाजमा विद्यमान राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीयलगायत सबै प्रकारका समस्याहरुको पहिचान र तिनको समाधानका लागि माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै अघि बढ्ने क्रममा जननेता मदन भण्डारीको अगुवाइमा जनताको बहुदलीय जनवाद विकास भएको हो । यस नवीनतम वैज्ञानिक सिद्धान्तले हामीलाई हाम्रा सम्पूर्ण कामहरुमा समाजवाद स्थापना र कार्यान्वयनको चरणसम्म पनि मार्गदर्शन गर्नेछ ।नेकपा (एमाले) पार्टी नेपाली श्रमजीवी वर्गको राजनीतिक अगुवा र प्रतिनिधि संस्था हो । यसले शारीरिक तथा मानसिक श्रम गर्ने श्रमिक, किसान, निम्न पुँजीपति, राष्ट्रिय पुँजीपतिका साथै सम्पूर्ण जाति, भाषा, संस्कृति, भूगोल, पेशा र लैङ्गिक समुदायका जनताको हितको प्रतिनिधित्व गर्दछ ।
यस पार्टीको नेतृत्वदायी र निर्णायक भूमिकामा सामन्ती राजतन्त्रको अन्त्य र धर्मनिरपेक्ष तथा समावेशीतासहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हो । यस पार्टीको अधिकतम कार्यक्रम समाजवाद हो । यो पार्टी संविधानसभाबाट निर्माण भएको संविधानको रक्षा, प्रयोग र विकास गर्न; सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न; सामन्तवादका अवशेषहरुलाई अन्त्य गर्न; दलाल– नोकरशाही पुँजीवादी शोषण उत्पीडन र साम्राज्यवादी हस्तक्षेपलाई परास्त गर्न; राष्ट्रिय पुँजीको विकासका साथै सामाजिक न्याय र समानतामा आधारित सामाजिक–आर्थिक रुपान्तरण गर्न; जनताको बहुदलीय जनवाद कार्यान्वयन गर्दै समाजवादको आधार निर्माण गर्न र समाजवाद स्थापना गर्न प्रतिबद्ध छ । यो पार्टी समाजवाद विकसित हुँदै जाँदा मानव समाज साम्यवादसम्म पुग्नेछ भन्ने विश्वास गर्दछ ।
यो पार्टी संविधानको सर्वोच्चता, विधिको शासन, बहुलवादी खुला समाज, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, जनताका प्रतिनिधिद्वारा शासन प्रणालीको सञ्चालन, स्वतन्त्र न्यायपालिका र मानवअधिकारको प्रत्याभूति लगायत लोकतन्त्रका विश्वव्यापी मूल्य–मान्यताप्रति प्रतिबद्ध छ । साथै, नेपाली समाजमा दिगो शान्ति र सामाजिक आर्थिक क्षेत्रमा प्रगतिशील रुपान्तरणका लागि शान्तिपूर्ण बाटो र लोकतान्त्रिक विधि अवलम्बन गर्न प्रतिबद्ध छ भन्ने विषयहरु कार्यक्रममा अवगत गराइएको थियो । कार्यक्रममा वाणगंगाका मेयर चक्रपाणी अर्याल , उपमेयर रिता कुमारी चौधरी , पार्वती पाण्डे , वडा अध्यक्ष छबीरेश्मी मगर , लोकनाथ ज्ञवाली , कविराज भुषाल , सिता न्यौपाने लगायतले समसामयिक विषयमा बोल्नु भएको थियो ।
कायक्रममा वडा कमिटिका अध्यक्ष देवी पाण्डेले वडाका ७ वटै टोलबस्तीमा अभियान लगिएको , कमिटि गठन पुनरगठन लगायतका कामहरु गरिएको बताउनु भयो । विषयगत प्रशिक्षण शिविरले नेता कार्यकर्तामा उत्साह थपिएको अध्यक्ष पाण्डेले बताउनु भयो । वडा उपाध्यक्ष कृष्ण वहादुर शाहिको सञ्चालन , दामोदर पौडेलको स्वागतमा कार्यक्रम गरिएको हो । कार्यक्रममा नेता कार्यकर्ताको उत्साहजनक उपस्थिती रहेको उपाध्यक्ष शाहिले बताउनु भयो ।

प्रकाशित : १७ चैत्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६