खोज–अनुसन्धान

स्कुल नदेखेका बिद्यार्थी र समाचार नलेखेका पत्रकार उस्तै : संचारमन्त्री शर्मा




भैरहवा १७ चैत । स्कुल नै नगएकालाई बिद्यार्थी भन्नु पत्रकारीता नै नगर्नेलाई पत्रकार महासंघको सदस्यता दिएर पत्रकार भन्नु एउटै भएको संचारमन्त्री शर्मा रेखा शर्माले वताउनु भएको छ ।सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले पत्रकार महासंघ गैर पत्रकारको अखडा कसरी बन्यो भन्ने प्रश्न गर्दै महासंघ भित्र यतिधेरै नमिलेका कुरा छन् भन्ने थाहा आफूले संचारमन्त्री भएपछिमात्र पाएको स्पष्ट पार्नु भयो । उहाले राजनीतिक दलहरुको भूमिका अब बदलिनुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघले लुम्बिनीमा आयोजना गरेको राष्ट्रिय मिडिया सम्मेलनको शुक्रबार उद्घाटन गर्नुहुँदै मन्त्री शर्माले राजनीतिक क्रान्ति पूरा भएको अवस्थामा अब विकास निर्माण र जनताका आकांक्षा पूरा गर्नेतर्फ दलहरुले भूमिका खेल्नुपर्ने बताउनुभयो ।
मन्त्री शर्माले आम सञ्चार क्षेत्रको नीति तर्जुमा गर्नका लागि राष्ट्रिय मिडिया सम्मेलन महत्त्वपूर्ण कोशेढुङ्गा हुने पनि बताउनुभयो । सरकारले अब आगामी वर्षका लागि नीति कार्यक्रम र बजेटको तयारीमा लागेको अवस्थामा मिडिया सम्मेलनले सञ्चारमन्त्री नीति तर्जुमा गर्न सघाउ पुग्ने उहाँको भनाइ छ ।जनताको आकांक्षा र सपना बदल्ने कुरातर्फ राजनीतिक दलहरुले ध्यान दिनुपर्ने र यसतर्फ मिडियाले खबरदारी गर्नुपर्ने मन्त्री शर्माको भनाइ छ । उहाँले सरकार र सार्वजनिक निकायमा रहेका व्यक्तिहरुलाई मिडियाले खबरदारी गर्ने हो भने उनीहरुलाई जवाफदेही बनाउन सकिने धारणा व्यक्त गर्नुभयो ।

सो अवसरमा पत्रकार महासंघका पूर्ब अध्यक्ष महेन्द्र विष्टले बोल्दै पत्रकारीता पेशाको गरिमा बचाउन सुद्धिकरण अपरिहार्य भएको औल्याउनु भयो ।यसैगरी पूर्व अध्यक्ष गोविन्द आचार्यले संचार क्षेत्रका ऐन नियम अद्याबधिक गर्न गृहकार्य गर्ने टीममा पत्रकार महासंघका ४ जना पूर्व अध्यक्ष सहितको टीम राखेर समिती बनाएर संचार मन्त्रीले काम गर्नु सह्रानिय भएको वताउनु भयो । महासंघका अध्यक्ष विपुल पोखरेलको अध्यक्षता र महासचिव रोसन पुरीको संचालनमा भएको कार्यक्रममा देशभरमा २ सय बढी पत्रकारको सहभागिता थियो ।

प्रकाशित : १७ चैत्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६