अर्थ-वाणिज्य

बिषादीको खुद्राविक्रि रोक्न अनुमति पत्र अति आवश्यक : मेयर अर्याल




भगवती न्यौपाने
कपिलवस्तु १७ चैत ।विषादी खुद्धा विक्रेताकालागि अनुमति पत्र आवश्यक रहेको बाणगंगामा मेयर चक्रपाणी अर्यालले वताउनु भएको छ । अँौषधीको खुद्रा विक्रेताकालागि नगरस्तरीय तालिमको शुक्रवारबाट शुभारम्भ गर्दै यस्तो भएको छ । वाणगंगा नगरपालिका कृषि शाखाको आयोजना कृषि तथा पशुपछी विकास मन्त्रालय प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्र हरिहरभवन, ललितपुरको प्राविधिक सहयोगमा सुरु भएको हो ।
कार्यक्रमका अध्यक्ष वाणगंगा नगरपालिकाका मेयर चक्र पाणी अर्यालले व्यवसाय गर्न अनुाति पत्र अति आवश्यक रहेको बताउनु भयो । नगरले अनुगमन गर्दा अनुमति पत्र विना व्यवसाय सञ्चालन गरेकोलाई कारवाहि पनि गरेको बताउदै व्यवसाय सञ्चालन गर्दा बैधानिक रुपले सञ्चालन गर्नु पर्ने बताउनु भयो । उपमेयर रिता कुमारी थारुले तालिममा सिकेका कुरा व्यवहारमा प्रयोग गर्दै व्यवसायिक बन्न आग्रह गर्नु भयो । उक्त तालिममा वाणगंगा नगरपालिका कृषि शखा प्रमुख लेश बाहादुर केसिले कार्यक्रमको उदेश्य बारेमा बताउदै एग्रोबेटहरुले अनुमति पत्र विना विषादी बेच्न नपाउने बताउनु थियो।

प्रशिक्षक प्लान्ट क्वारेन्टिन कृष्णनगर कार्यलयका प्रमुखले बुद्धि भट्राईले विषादी बारे जानकारी परिभाषा लगायतको बारेमा बताउनु भएको थियो ।कार्यक्रममा नगरका प्रमुख प्रसासकिय अधिकृत खिमबाहादुर जिसि, कृषि अधिकृत सन्तोष कुमार भुषाल लगायतको उपस्थित रहेको थियो । कार्यक्रमको सञ्चालन कृषि अधिकृत धनिराम आचार्यले गर्नु भएको थियो । १७ गते शुक्रवारबाट सुरु भएको तालिम २२गते सम्म सञ्चालन हुने छ । तालिममा नगरका व्यवसाय गरेका र व्यवसाय गर्न चाहाने २७ जनाको उपस्थिति रहेको छ । तालिम होटल माछापुच्छेमा भएको छ ।

६ दिन सम्म सञ्चालन हुने तालिममा विषादीको बारेमा जानकारी, विश्व र नेपालमा यसको इतिहास ,जीवनाशक विषदी ऐन, विषादीको दुरप्रयोग र दुरप्रयोग व्यवस्थापन, विषादीजन्य दुद्र्दटना र तिनबाट बच्ने उपाय,विष लागेको लक्षण र प्राथमिक उपचार लगायतको बारेमा सिकाईने छ । तालिमको अन्तिम दिन परिक्षा हुने छ ।जसको परिक्षा कृषि तथा पशुपछी विकास मन्त्रालय प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्रले लिने छ र परिक्षाको मुल्याङक पनि केन्द्रले नै गने छ । यसमा पास हुनेले विषदीको अनुमति पत्र पाप्त गर्ने छन् ।

प्रकाशित : १७ चैत्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६