खोज–अनुसन्धान

बालसुधार गृहका १८ बालवालिका यूद्ध स्कूलमा




वाँके १८ चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा डुडुवा गाउँपालिकामा रहेको जयन्दु बालसुधार गृहका २४ जना एसईई परीक्षामा सहभागी भएका छन् । उनीहरूले सुधारगृहमै तोकिएको युद्ध संस्कृत माविको उपकेन्द्रबाट परीक्षा दिनेछन् ।यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा बाँकेबाट ९ हजार २३ जना सहभागी हुने भएका छन् जिल्लामा रहेका ९८ वटा सामुदायिक विद्यालयबाट ९ हजार २३ जना सहभागी हुने भएका हुन् । जिल्लामा २३ वटा परीक्षा केन्द्रहरू तोकिएको शिक्षा विकास तथा समवन्य इकाई बाँकेका प्रमुख भगवानप्रसाद पौडेलले बताए ।
३ हजार ४ सय ४४ जना छात्रा र ३ हजार ११ जना छात्र गरी ६ हजार ४ सय ५५ जना विद्यार्थीहरूले परीक्षा दिने उनले जानकारी दिए । यसैगरी ९३ वटा संस्थागत विद्यालयबाट एक हजार ५० जना छात्रा र एक हजार पाँच सय १८ छात्र गरी कूल २ हजार ५ सय ६८ जनाले परीक्षा दिनेछन् । यसैगरी ६ जना दृष्टिविहीनले परीक्षा दिँदै छन् । उनीहरूलाइ एबीसी स्कुलको परीक्षा केन्द्रबाट सहयोगीमार्फत परीक्षा दिने व्यवस्था मिलाइएको छ ।

प्रकाशित : १८ चैत्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६