देश

मिटरब्याज पीडितको समस्या समाधानका लागि न्यायिक अधिकार प्राप्त उच्चस्तरीय आयोग गठन गरिने



काठमाडौं, १८ चैत्र । सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि न्यायिक अधिकार प्राप्त उच्चस्तरीय आयोग गठन गर्ने भएको छ ।

शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मिटरब्याज पीडितहरुसँगको छलफलका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले यस्तो बताउनुभएको हो । उहाँले मिटरब्याज पीडितहरुका समस्या दीर्घकालीन समाधानका लागि ऐनको नै व्यवस्था नभएकाले अब सरकारले ऐन निर्माणको काम थालिसकेको बताउनुभयो ।

मिटरब्याजीलाई ऐनद्वारा नै कारबाही गर्न र उनीहरुमाथि मुद्दा चलाउन सक्ने गरी ऐन तयारीको अन्तिम चरणमा रहेको उहाँले स्पष्ट पार्नुभयो । प्रधानमन्त्री दाहालले उच्चस्तरीय आयोग ‘र्यापिड एक्शन पोस्ट’ सरह काम गर्ने गरी अघि बढाइने पनि बताउनुभयो ।

प्रधानमन्त्री दाहालले मिटरब्याज पीडितका सबै माग पूरा गर्ने तयारीमा आफू रहेको बताउनुभयो । शनिबार प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार पुगेका उनीहरुले प्रधानमन्त्री दाहालसँग भक्कानिएर आफ्ना पीडाहरु राखेका राखेका थिए । उनीहरुले आफ्ना ६ वटा मागहरु पूरा सम्बोधन भएपछि मात्रै काठमाडौं छोड्ने प्रधानमन्त्रीसँग अडान लिएका छन् ।

उनीहरूलाई अब पुनः गृह मन्त्रालयको सरकारी टोलीसँग यसको बारेमा सम्झौता गरेर मात्रै घर फर्किन प्रधानमन्त्री दाहालले आग्रह गर्नुभएको छ ।

प्रकाशित : १८ चैत्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६