देश

पुरानो ढर्राका पार्टी र नेताहरुबाट देश परिवर्तन हुँदैन त्यसैले बाटो बदलेँः स्वर्णीम वाग्ले



काठमाण्डौ, १८ चैत्र । नेपाली कांग्रेस छाडेका अर्थशास्त्री स्वर्णीम वाग्लेले अब पुरानो ढर्राका पार्टी र नेताहरुबाट देश परिवर्तन नहुने बताउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको पत्रकार सम्मेलनमा वाग्लेले नेपाल विकसित बनाउन निकै ढिलो भइसकेको तर पुराना ढर्राका पार्टी र नेताहरुबाट यो सम्भव नरहेको बताउनुभयो ।

देश बनाउन ढिलो भएको आभाषले नै आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको महाअभियानमा उभिन बाध्य बनाएको वाग्लेको भनाइ छ । समय सीमा नै तोकेर अब देशलाई परिवर्तन गर्नुपर्ने वाग्लेले बताउनुभयो ।

‘व्यवस्था नै परिवर्तन गरेपछि नागरिक र देशको अवस्था परिवर्तन हुन्छ भनेर हामीले ७० वर्ष खेर फाल्यौँ । तर व्यवस्था मात्रै फेरियो, अवस्था फेरिएन । राणा शासन, पञ्चायत र राजतन्त्र लगायतका व्यवस्था परिवर्तन भए पनि नागरिकको अवस्था परिवर्तन भएन । त्यसैले म पनि बाटो बदल्न बाध्य भएँ’ वाग्लेले भन्नुभयो ।

उहाँले अब पुरानो ढर्राको राजनीतिले देशले केही नपाउने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी जस्तो केही गरौँ भनेर उदाएको र विज्ञ व्यक्ति नेता भएको पार्टीमा आफू जोडिएको बताउनुभयो ।

प्रकाशित : १८ चैत्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६