लक्ष्मण सापकोटा
कपिलवस्तु १८ चैत्र
वाणगंगा चेम्बर अफ कमर्सको प्रथम बैठक वाणगंगामा रहेको माछापुच्छ्रे होटलमा सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य एवम् कपिलवस्तु चेम्बर अफ कमर्सका अध्यक्ष महादेव पोख्रेलको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो । कार्यक्रममा कपिलवस्तु चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष जगत पौडेल, कपिलवस्तु चेम्बर अफ कमर्सका महासचिव गोपाल बन्जाडेको बिसिष्ट आतिथ्यता रहेको थियो । बैठकले व्यापारिक हकहितका बिषयमा बिभीन्न कार्यहरु गर्ने, ब्याजदर घटाउनका लागि बिशेष पहल गर्ने लगायतका महत्वपुर्ण निर्णय हरु गरेको छ । वाणगंगा चेम्बर अफ कमर्सको अध्यक्ष धनु अधिकारीको अध्यक्षता एवम् महासचिव शान्तराज गैरेको सञ्चालनमा प्रथम बैठक सम्पन्न भएको हो ।
१८ चैत्र २०७९, शनिबार
प्रतिक्रिया