प्रदेश

आँखा शिविरमा ५ सय भन्दा बढि लाभान्वीत, ५६ जनालाई मोतिया विन्दु




हरि घिमिरे
कपिलवस्तु, १८ चैत्र ।
कपिलवस्तुको बाणगंगामा संचालन भएको आँखा शिविर बाट पाँच सय भन्दा बढि लाभान्वीत भएका छन् । बाणगंगा वडा नम्बर ९ स्थित कपिल आरोग्य मन्दिर कपिलधाममा शनिबार आयोजना गरिएको निःशुल्क आँखा चेकजाँच शिविरमा ५ सय १५ जनाले उपचार सेवा लिएका हुन् ।


कपिल आरोग्य मन्दिर कपिलधाम र वेष्ट्रन नेपाल डेभलभमेन्ट ट्रष्टको आयोजना तथा वुटवल लायन्स आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको ट्रष्टका सचिव पदम घिमिरेले बताए । उनले वेष्ट्रन नेपाल डेभलभमेन्ट ट्रष्ट शिक्ष, स्वास्थ्य र वातावरण क्षेत्रमा क्रियाशिल रहेको जानकारी दिए । ट्रष्टले लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा स्वास्थ्य शिविर संचालन गरिरहेकाले धेरै विरामी लाभान्वीत भएको बताए ।


यस्तै ट्रष्टका सल्लाहकार विष्णु घिमिरेले बाणगंगाको यस क्षेत्रमा गरिएको शिविरले यहाँका थुप्रै आखाँका विरामीहरु लाभान्वीत भएको बताए । उनले भने “विभिन्न क्षेत्रमा संचालन हुने यस्ता शिविरले विरामीलाई त फाईदा पुगेको छ नै, ट्रष्टलाई पनि अझै शेवाको भाव जागेको छ ।”


शिविरमा औषधि र चश्मा निःशुल्क प्रदान गरिएको थियो । जाँच गराएकाहरु मध्ये ५६ जनाको आँखामा मोतिया विन्दुको समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । मोतियाविन्दुको समस्या देखिएकाहरुलाई भने अप्रेशनका लागि बुटवल लायन्स आँखा अस्पतालमा बोलाइएको छ ।


बाणगंगाका आँखाका बिरामीहरुलाई लक्षित गरी उक्त शिविरको आयोजना गरिएको थियो । मौसमी प्रतिकुलतका बिच पनि विरामीलाई सेवा दिन सकिएको धामका अध्यक्ष शंकर प्रसाद आचार्यले बताउनुभयो । आँखाको समस्या भई उपचारका लागि शिविरमा आएका बिरामीहरुलाई चेकजाँच गरी चश्मा समेत निशुल्क प्रदान गरिएको थियो । लायन्स आखाँ अस्पतालका आँखा रोग विशेषज्ञ सहित वेष्ट्रन नेपाल डेभलभमेन्ट ट्रष्टका पदाधिकारीहरुको शिविरमा उपस्थिति रहेको थियो ।

प्रकाशित : १८ चैत्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६