देश

मेयरको नामबाट एसईई परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ



रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानु एसईई परीक्षाका परीक्षार्थी हुन् तर उनको सट्टा परीक्षा दिइरहेका एक जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गरुडा नगरपालिका–६ पोठीयाहीका कमल साह कानु रहेको प्रहरीले जनाएको छ । मौलापुर नगरपालिका अन्तर्गत लक्ष्मीनिया मावि परीक्षा केन्द्रमा मेयर कानुको सट्टामा एसईई परीक्षा दिइरहेका कमल साहलाई अनुगमन टोलीले पक्राउ गरेको हो । शंका लागेर चेकजाँच गर्दा उनको सिम्बोल नम्बर ३५०३७२८ को प्रेमलाल साह कानु नामको परिचयपत्र समेत टोलीले बरामद गरेको छ ।

पक्राउ परेका उनी पेसाले इन्जिनियर हुनका साथै मेयर प्रेमलाल साहको ज्वाइँ रहेको बुझिएको छ । रौतहट प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय सहितको अनुगमन टोलीले नक्कली परीक्षार्थी कमल साहलाई पक्राउ गरेको पुष्टी गरे । उनीमाथि परीक्षा नियमावली अनुसार कारवाही हुने एसपी बुढामगरले जानकारी दिए ।

प्रकाशित : १९ चैत्र २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६