प्रदेश

सामन्तवादको अवशेष मिटरब्याजी, पीडितको समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री श्रेष्ठ



काठमाडौँ, १९ चैत्र । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी पीडितको समस्या कुनै पनि हालतमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सरकारले मिटरब्याजी पीडितसँग गरेको सहमतिबारे जानकारी गराउँदै मन्त्री श्रेष्ठले मिटरब्याजी र पीडितहरूबारे अध्ययन गर्न आयोग बनाउन लागेको जानकारी दिए ।

उनले भने– ‘हामीले मूलभूत रूपमा सामन्तवादलाई अन्त्य गरे पनि यो दुःखद कुरा हो कि एक्काइसौँ शताब्दीको लोकतान्त्रिक व्यवस्थामा पनि नेपालमा सामन्तवादको अवशेष अत्यन्तै गम्भीर रूपमा विद्यमान छ । त्यो अवशेषको एउटा रूप मिटरब्याजी पनि हो । सतहमा पीडितहरूले सडकमा आन्दोलन पनि गरिरहेका छन् र समाधानका लागि सरकारले समाधानको पहल पनि गरिरहेको छ तर त्यो पर्याप्त भएन । त्यसकारण यो समस्यालाई कुनै हर हालतमा हामीले समाधान गर्नै पर्छ । जुन नागरिक मिटरब्याजीको पीडामा परेका छन्, तिनीलाई न्याय दिनुपर्ने छ । त्यसकारण यो मिटरब्याज पीडितहरूको आन्दोलनप्रति र उहाँहरूको आवाजप्रति सरकार पूरै गम्भीर रहेको छ ।’

उनले केही वर्षपहिले सर्लाहीमा भएको मिटरब्याज पीडितहरूको आन्दोलनमा आफू पनि सहभागी भएको स्मरण गरे । उनीहरूको नेतृत्व गर्दै आफू नै विभिन्न मिडियाको दैलो दैलोमा पुगेको उनले बताए । त्यतिबेला मिटरब्याजीहरुको तमसुक च्यात्न सफल भएको उनले बताए । उनले मिटरब्याजको अवस्थाको बारेमा जाँचबुझ र छानबिनका लागि आयोग नै बनाउने तयारी गरिरहेकोबारे संसद्लाई जानकारी गराए ।

प्रकाशित : १९ चैत्र २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६