कपिलवस्तु १९ चैत ।
नेकपा एमालेको पोलिटब्यूरो सदस्य एवम राष्ट्रिय सभा सांसद विमला घिमिरेले जनता एमालेको एकल बहुमतको प्रतिक्षामा रहेको वताउनु भएको छ । उहाले अर्घाखाँचीमा सन्धिखर्क र सितगंगा नगरपालिकाका सबै वडामा पुगेर जनमत बुझ्दा यस्तो पाएको दावि गर्नु भएको हो । उहाँले जनताका बीचमा जान र जनतालाई सही कुरा बुझाउन मिसन ग्रासरुट संचालनमा रहेको वताउनु भयो । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका र सितगंगा नगरपालिकाको नेतृत्व गरेर मिसन ग्रासरुट अभियानमा खट्नु भएकी सांसद घिमिरेले गृह जिल्ला कपिलवस्तु आएको वखत बुद्ध दर्पण दैनिक र प्रेसपाटी अनलाइनसंग कुराकानी गर्दै यस्तो वताउनु भएको हो ।
घिमिरेले सितगंगाका १४ वटा वडा , ९६ वटा टाृेल र सन्धिखर्कका १२ वडा , ७२ टोलमा पुगेर अभियान अन्तरगत विभिन्न कार्यक्रम गरेको वताउनु भयो । उहाँले यो अभियानले अवको जुनसुकै चुनावमा वडादेखि संघ सम्म एमालेले ५१ प्रतिशत स्थान ल्याउन आवश्यक रहेको कुरा जनतालाई बुझाउन सफल भएको वताउनु भयो । अहिले सबैतिर प्रशिक्षण चलिरहेको उहाँले बताउनु भयो । एमालेको पोलिटब्यूरो सदस्य घिमिरेले ३३ बर्षको सकृय राजनीतिमा आफूले धेरै हण्डर र ठक्कार खाएपनि अविचलित रुपमा एमालेको झण्डा माथि उठाएको वताउदै राजनैतिक संघर्ष र पाएको सफलता प्रति गर्व महशुस गर्ने औल्याउनु भयो ।
नेकपा एमालेमा लाग्नु भनेको समाज रुपान्तरण र जनताको जीवनमा परिवर्तन ल्याउने उद्देश्य रहेको भन्दै पार्टीमा अहिले देखिएको जनलहर निरन्तर वढ्दै जाने र अव जहिले चुनाव भएपनि कपिलवस्तुका स्थानीय तहदेखि संघ सम्म ५१ प्रतिशत स्थानमा जित हासिल गर्न लागि पर्ने वताउनु भयो ।
प्रतिक्रिया