खोज–अनुसन्धान

नयाँबर्षको स्वागत गर्न दोस्रो बाणगंगा सडक खाना महोत्सव




कपिलवस्तु १९ चैत्र । कपिलवस्तुको बाणगंगा स्थित युवा माझ लोकप्रिय क्लब बाणगंगा वेयल फेयर सोसाइटीले दोस्रो संस्करणको दोस्रो बाणगंगा सडक खाना महोत्सव यही बैशाख १ गते आयोजना गर्ने भएको छ । नव वर्ष २०८० को अवसरमा सोसाइटीले कपिलवस्तुको चारनम्बर जितपुर तौलिहवा रोडमा आयोजन गर्ने सडक खाना महोत्सवलाई सभ्य रुपमा सम्पन्न गर्ने जनाएको छ ।प्रथम बाणगंगा सडक खाना महोत्सवको आयोजक बाणगंगा नगरपालिका वडा नं. ४ रहेको थियो ।
वडा नं. ४ का निवर्तमान वडा अध्यक्ष तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि युवा नेता गणेश बहादुर क्षेत्रीले स्थानीय परिकारको संरक्षणमा टेवा पुग्नुका साथै कोभिडपछिको समय भएकोले होटेल व्वसायीलाई राहत दिन प्रथम बाणगंगा सडक खाना महोत्सवको आयोजना गरिएको बताए । क्षेत्रीले वडाले सुरुवात गरेको कार्यलाई स्थानीय युवाहरुले निरन्तरता दिनु स्वागत योग्य रहेको बताउँदै यस्ता कार्यक्रमलाई नगरले सहयोग गर्नुपर्ने बताए । दोस्रो बाणगंगा सडक खाना महोत्सवका संयोजक गणेश बहादुर सिंह ठकुरी (सुशील) ले सडक खाना महोत्सवलाई निरन्तरता दिँदै जिल्लाकै वित्तीय र शैक्षिक र विकासका हिसाबले अगाडि रहेको बाणगंगामा खाना महोत्सवमा बढी भन्दा बढी आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सडक खाना महोत्सव आयोजना गर्न लागिएको बताए ।
ठकुरीले १ दिने महोत्सवमा सांस्कृतिक उत्सवको सुगन्ध दिन विभिन्न जनजातिका स्थानीय खानाका परिकारहरु, सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिने बताए । ठकुरीले व्यवस्थित तवरले पाहुनालाई व्यवस्थित रुपमा सडकमै ब्रेकफास्ट, लञ्च तथा डिनरको व्यवस्था गरिने बताए । ठकुरीले दोस्रो सडक खाना महोत्सव भव्य र सभ्य रुपमा सम्पन्न गरिने बताउँदै सहयोगको लागि कपिलवस्तु जिल्लावासीलाई आग्रह गरे ।सोसाइटीका अध्यक्ष राजकुमार खाँणले खाना महोत्सवमा सांस्कृति कार्यक्रम नेपाली पञ्चे बाजा, ब्याण्डले खानासँगै यहाँ आउने पाहुनाहरुलाई मनोरंजन प्रदान गर्ने बताए । खाँणले स्थानीय तथा राष्ट्रिय कलाकारले महोत्सवमा सहभागीलाई भरिपूर्ण मनोरंजन प्रदान गर्ने बताए । व्यवसायीहरुलाई राहत दिन निःशुल्क स्टेजको कुनै शुल्क नलिई सडक खाना महोत्सव आयोजना गरिने खाँणले बताए ।
सोसाइटीका महासचिव बुद्धि बहादुर रोकाहा दिनेश क्षेत्रीले पछिल्लो समय व्यवसायी धरासयी भएको आफूहरुले व्यसायीका पीडा बुझेकाले खासगरी होटेल व्यवसायीलाई बचाइराख्न पक्कै पनि सडक खाना महोत्सव फलदायी हुने अपेक्षा लिएको बताए । क्षेत्रीले पछिल्ला वर्षमा कपिलवस्तुको मात्रै होइन कि समग्र मुलुककै व्यवसाय सिथिल भएको छ र यो सडक खाना महोत्सवले एउटा उर्जा प्रवाह गर्ने छ, विस्तारै व्यवसाय पर्यटन क्षेत्र लयमा फर्किने आर्थिक चलायमान हुने आफूले अपेक्षा गरेको बताउँदै महोत्सवमा राखिने थारु समुदाय, मगर र नेवारसँगै बाहुन क्षेत्रीहरुका खानाका परिकारहरु थोरै भए पनि स्वाद लिएर हामीलाई आगामी दिनमा सडक खाना महोत्सव निरन्तरतका लागि सुझाव सल्लाह दिन आग्रह गरे ।बाणगंगा नगरका मेयर चक्रपाणी अर्यालले हाम्रो नगरमा सडक खाना महोत्सवलाई निरन्तरता दिनु अत्यन्तै राम्रो भएको बताउँदै सडक खाना महोत्सवलाई आफूहरु सहयोग गर्न तयार रहेको बताए ।

प्रकाशित : १९ चैत्र २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६