समाचार

सेवा भावले भरिएका लायन घिमिरेद्धारा खाद्य सामग्री प्रदान




कपिलवस्तु, २० चैत्र ।
लायन्स क्लव अफ कपिलवस्तुका उपाध्यक्ष नवदत्त घिमिरेले खाद्य सामग्री प्रदान गर्नु भएको छ । सेवा भावले भरिएका घिमिरेले आफ्नो जन्म दिनको अवसरमा खाध्यान तथा लत्ता कपडा प्रदान गर्नु भएको हो । पछिल्लो समय जन्म दिनको अवसरमा विभिन्न होटल तथा रेष्टुरेण्टहरुमा फजुल खर्च गर्ने प्रवृति बढिरहेको पाईन्छ । पश्चिमेली संस्कृति अनुसरण गरि जन्म दिनमा केक काट्ने साथीभाईहरुलाई डाक्ने अनि नाँचगान गरी रमाईलो गर्ने प्रचलन पनि नभएको होईन । सोहि क्रममा जन्म दिनमा केक काट्ने, रमाईलो गर्ने जस्ता प्रवृत्तिलाई अन्त्य गर्नका साथै गरिब विपन्नको घाउमा मलम लगाउने सेवा भावनाले खाध्यान तथा लत्ता कपडा जस्ता समग्री प्रदान गरिएको घिमिरे बताउनु भयो । उहाँले फजुल खर्च गर्नुको साटो गरिव, विपन्न तथा अशक्तहरुलाई जन्मोत्सवको अवसरमा सक्दो सहयोग गर्न सम्पुर्णलाई आग्रह गर्नुभयो ।


घिमिरेले आईतवार बाणगंगा वडा न. १ उत्तम नगर बस्ने चुलबुल थारुको परिवारलाई खाध्यान तथा लत्ता कपडा लगाएतका समग्री प्रदान गर्नु भएको छ । लायन्स क्लव अफ कपिलवस्तुको आयोजना तथा जन्मदिन पर्नु भएका क्लवका उपाध्यक्ष नवदत्त घिमिरेको संयोजनमा समग्री प्रदान गरिएको थियो ।


कार्यक्रममा लायन्स क्वल अफ कपिलवस्तुका पुर्व अध्यक्ष धातानन्द भुसाल, क्लवका अध्यक्ष राम शुभागे थारु, लगाएत सामाजिक व्यक्तित्व लिल बहादुर पहराईले अ आफ्नो भनाई राख्नु भनाई राख्नु भएको थियो । वडा न. १ का वडा सदस्य लायन्सका पदाधिकारीहरुको उपस्थिती रहेको कार्यक्रको संचालन सचिव शान्तराज गैरेको संचालन रहेको थियो ।

प्रकाशित : २० चैत्र २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६