अर्थ-वाणिज्य

शेयर बजारमा ५० लाख जनसङ्ख्याको लगानी र चासो छ, बेवास्ता गर्न मिल्दैन : मन्त्री महत



काठमाण्डाै, २० चैत्र । अर्थ मन्त्री डा. प्रकाशशरण महतले शेयर बजारका समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ । शेयर लगानीकर्ताहरूको टोलीसँग आज साेमवार मन्त्रालयमा भएको छलफलमा मन्त्री महतले बजारका समस्या समाधान गरेर लगानीकर्ताको मनोबल उकास्न आवश्यक पहलकदमी लिने प्रतिबद्धता जनाउनुभएको हो ।  

देशको अर्थतन्त्रको अनुहार देखाउने प्रमुख सूचक शेयर बजार पनि भएको भन्दै मन्त्री महतले नीतिगत र व्यावहारिक दुवै विषयमा आफ्नो ध्यान जाने बताउनुभएको हो । उहाँले राष्ट्र बैंकका नीतिका कारण शेयर बजारमा असर परेको भएमा त्यतातर्फ पनि आफ्नो ध्यान केन्द्रित हुने प्रतिबद्धता जनाउनुभएको छ । पछिल्लो समय शेयर बजार आधा करोडभन्दा धेरै मानिसको प्रत्यक्ष चासो र लगानीको विषय भएकाले यसलाई बेवास्ता गर्न नमिल्ने अर्थ मन्त्रीको भनाइ छ ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घ, पुँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा गएको टोलीसँगै ब्रोकर सङ्घ, मर्चेन्ट बैंकर तथा अन्य लगानीकर्ता सहभागी थिए ।

प्रकाशित : २० चैत्र २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६