देश

चितवन २ मा लामिछानेको मनोनयन दर्ता



चितवन, २० चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ मा हुने उपचुनावका लागि उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।   

सोमवार सभापति लामिछानेले चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा रहेकाे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आउँदाे वैशाख १० गते हुने उपचुनावका लागि उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको हो । सभापति लामिछाने गएकाे मङ्सिर ४ गते भएको संसदीय चुनावमा चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट नै विजयी बन्नुभएको थियो । सर्वोच्च अदालतमा नागरिकता मुद्दामा अदालतले नागरिकता अवैध ठहर गरेसँगै चितवन निर्वाचन क्षेत्र नम्बर २ रिक्त थियो । 

उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उम्मेदवार लामिछानेले आफ्नो उम्मेदवारी भावी पुस्ताको भविष्य सुरक्षित गर्न, राजनीतिमा शुद्धता ल्याउन, नेपालमा नै रोजगारी सिर्जना गर्न रहेको बताउनुभयो । उहाँले आफूले यस पटक पनि जित्ने पूर्ण विश्वास रहेको भन्दै अन्तिमसम्म नतिजा कुर्नुपर्ने बताउनुभयो । 

तपाईँको कारणले दोस्रो पटक चुनाव गराउँदा राज्यलाई आर्थिक भार पर्‍याे भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले आफ्नो भागमा पर्ने भार आफू लिन तयार रहेको बताउनुभयो । 

गएकाे मङ्सिरमा भएको चुनावमा लामिछानेले नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार एक सय ६२ मतान्तरले पराजित गर्नुभएको थियो । लामिछानेले ४९ हजार दुई सय ६१, श्रेष्ठले १५ हजार ९९ र नेकपा एमालेका नेता कृष्णभक्त पोखरेलले १४ हजार छ सय ४९ मत प्राप्त गर्नुभएको थियो ।

प्रकाशित : २० चैत्र २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६