अर्थ-वाणिज्य

सिद्धवावा सुरुङ खन्न शुरु भएपछि राजमार्ग दैनिक ९ घण्टा बन्द




पाल्पा २१ चैत । सिद्धार्थ राजमार्ग आजदेखि बन्द भएको छ । सिद्धबावा क्षेत्रमा सुरुङ् मार्ग निर्माणको प्रारम्भिक काम गर्न आजदेखि राजमार्ग बन्द भएको हो ।सुरुङ् मार्ग निर्माणको जिम्मा पाएको निर्माण व्यवसायी चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ् कर्पोरेसनको माग अनुसार यही २०७९ चैत २१ गते आजदेखि दैनिक नौँ घण्टा सडक बन्द गरिने प्रशासनले जनाएको छ ।
अर्को सूचना नभएसम्मका लागि सडक बिहान ११ बजेदेखि २ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुनेछ । यसअघि पनि त्यस क्षेत्रमा सुरुङ् मार्ग निर्माण गर्न प्रारम्भिक चरणको काम गर्न सडक बन्द गरिएको थियो । निर्माण व्यवसायीले सुरुङ् मार्गका लागि आवश्यक पूर्वाधारबनाउन सडक बन्द गर्नुपर्ने पत्र पठाएकाले सोही अनुसार निर्णय गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।सिद्धबावा क्षेत्रमा १ हजार १२६ मीटर सुरुङ् मार्ग निर्माणका लागि आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको आयोजना पक्षले जनाएको छ ।
यात्रु तथा स्थानीय बासिन्दाले भने सडक क्षेत्रमा बन्द गर्नुपर्ने अवस्थाको अध्ययन नगरी एक्कसी सडक बन्द गर्नु दुखद भएको बताएका छन् । ठेकेदारले सडक बन्द गरे अनुसार काम नगरेको स्थानीय बासिन्दाको भनाइ छ । सडक बन्द गरेपछि आवश्यक प्रविधिको प्रयोग गरेर छिटो काम गर्न उनीहरूले सुझाव दिएका छन् ।

प्रकाशित : २१ चैत्र २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६