कपिलवस्तु २१ चैत्र ।कपिलवस्तु उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष कपिल पौडेलले अपांगता भएका विभिन्न व्यक्तिलाई रोजगारी लगाइदिन सहयोग गरेका छन । पौडेलले वाणगंगा ८ का शारीरिक अपांगता भएका सुमन घिमिरेलाई एभरग्रीन रेष्टुरेन्टमा वेटरको काममा रोजगारी लगाइदिएका हुन । त्यस्तै उनकै पहलमा कर परामर्स केन्द्र तौलिहवामा विरेन्द्र यादवलाई एकाउण्टेन्टको पदमा राखिने भएको छ ।
यसै गरि मायादेवी गाउँपालिकामा रहेको साफी एरियल उद्योगमा दुई जना , नुरुमुद्धिन मु. होटलमा २ जना , स्यांजा गलेन खाजा घरमा १ जना अपांगता भएका व्यक्तिहरुलाई औपचारीक रोजगारीका रुपमा लगाइदिन पहल गरिएको छ । गत माघमा द लेप्रेसी मिशन नेपाल र कपिलवस्तु व्यापार संघको सहकार्यमा भएको रोजगारदाताहरुसँग भएको अन्तरक्रियात्मक वैठकमा भएको कार्यक्रममा प्रतिवद्धता जनाए अनुसार अध्यक्ष पौडेलले अपांगता भएका व्यक्तिहरुलाई जिल्लाका विभिन्न स्थानमा रोजगारीका लागि सहयोग पुर्याएका हुन । द लेप्रेसी मिशन नेपाललले अपांगता भएका व्यक्तिहरुलाई रोजगार र स्वरोजगारमा सहयोग गर्दै आइरहेको छ ।
प्रतिक्रिया