पर्यटन

कपिलवस्तुको तिलौराकोटदेखि लुम्बिनीसम्म अन्तर्राष्ट्रिय म्याराथन हुने



कपिलवस्तु, २२ चैत्र । अन्तर्राष्ट्रिय खेलकूद दिवसको अवसर पारी विहिबार लुम्बिनीमा अन्तर्राष्ट्रिय पीस म्याराथन २०२३ को आयोजना हुने भएको छ ।
लुम्बिनी प्रदेश खेलकूद परिषद र नेपाल ओलम्पिक कमिटीको संयुक्त आयोजनामा शान्तिको कामना गर्दै प्रतियोगिताको आयोजना गरिएको ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले जानकारी दिए ।

खेलकूदको माध्यमबाट लुम्बिनीको प्रवर्द्धनमा टेवा गुग्ने लक्ष्यसहित २०७ राष्ट्रकालाई निमन्त्रणा गरिएको उनले बताए । निमन्त्रणा गरिएका सबै देशबाट सहभागी भएमा हालसम्मकै ठूलो म्याराथन हुने श्रेष्ठले दाबी गरे । कपिलवस्तुको तिलौराकोट दरबारबाट विहिबार विहान ७ बजे म्याराथन सुरु भई लुम्बिनीको शान्ती दीपमा आएर समापन हुने महासचिव श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा विभिन्न देशका ५० बढी धावक सहभागी हुने अपेक्षा गरिएको उनले बताए । यो वर्षको प्रतियोगिता समापनसँगै २०७ राष्ट्रका ओलम्पिक कमिटीलाई अर्को वर्षको प्रतियोगिताका लागि समेत निमन्त्रणा गरिने छ । विशेष गरि वुद्धिजम मान्ने देशहरुलाई लक्षित गरिएको श्रेष्ठले बताए ।

प्रतियोगितामा प्रथम पुरस्कार १ लाख, द्वितीय पुरस्कार ५० हजार र तृतीय हुनेलाई २५ हजार नगद राशी प्रदान गरिने लुम्बिनी खेलकूद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले जानकारी दिए । यसैगरी उत्कृष्ट १० औं स्थानसम्म आउनेलाई पुरस्कारको व्यवस्था गरिएको उनले बताए । पुरस्कारका लागि मात्रै ४ लाख २४ हजार खर्च अनुमान गरिएको प्रतियोगिता सफल पार्न ४० लाख खर्च अनुमान गरिएको उनले बताए ।

प्रकाशित : २२ चैत्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६