अर्थ-वाणिज्य

मुख्यमन्त्री गिरीले सुझाए प्राबिधक विश्व बिद्यालय छिटो संचालनमा आउने तरिका




बाँके २२ चैत ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माणका लागि तत्काल जग्गाको व्यवस्थापन गरिने बताउनु भएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोद ढकाल, रजिष्ट्रार रेगबहादुर भण्डारीसहित विश्वविद्यालय निर्माणका लागि प्रस्ताव गरिएको स्थान बाँकेको खजुरा गाउँपालिका –८ रनियापुरको स्थलगत अनुगमन गर्दै मुख्यमन्त्री गिरीले अनुगमन गर्नुभएको हो । प्रदेश सरकार छिटोभन्दा छिटो विश्वविद्यालय सञ्चालन होस् भन्ने पक्षमा रहेको बताउनुभयो ।त्यसका लागि काम गर्ने शैली बदल्न र आज हुनेकाम आजै गर्न आग्रह गर्नु भएको छ ।
खजुरा गाउँपालिकाले विश्वविद्यालयका लागि आवश्यक एक सय बिघाभन्दा बढी जग्गा उपलब्ध गराउन सिफारिस गरेको छ । जसमध्ये प्रशासनिक भवन निर्माणका लागि ३६ बिघा जग्गा प्रस्ताव गरिएको छ । सो जग्गामा ३० बढी स्थानीयले घर टहरा बनाई बसेकाले उनीहरूको व्यवस्थापन गरी प्रशासनिक भवन बनाउन सकिने खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले मुख्यमन्त्री गिरीलाई अवगत गराउनुभयो ।

प्रकाशित : २२ चैत्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६