बुटवल,२२ चैत । राष्ट्रिय जनमुक्ति पार्टीका पूर्व अध्यक्ष तथा पूर्व मन्त्री एम एस थापाले मुलुकको समृद्धिका लागि नयाँ केजरीवालहरु जन्मिनुपर्ने बताएका छन् । नागरिक चौतारीद्धारा बुटवलमा आयोजित अन्तरसम्वाद कार्यक्रममा बोल्दै उनले अहिले नाम चलेका पार्टीहरुसँग समृद्धिको कुनै खाका नभएकोले मुलुकको समृद्धिका लागि नयाँ केजरीवालहरु जन्मिनुपर्ने बताएका हुन् । नेपालका ठुला दलहरु बिदेशी शक्ति केन्द्रको इसारामा चल्ने गरेको बताउदै उनले ती दलका नेताहरुलाई देशको विकास गर्ने भन्दा पनि शक्ति केन्द्र रिझाउनेमा लागि पर्ने आरोप लगाए ।
उनले नेपालका नाम मात्रैको कम्युनिष्ट कम्युनिष्ट पार्टी रहेको भन्दै आफुलाई कम्युनिष्ट भन्नेहरु गैर कम्युनिष्ट मुलुकप्रति बफादार भएको दाबी गरे ।छीमेकी मुलुक भारत,चीन तथा युरोप र अमेरिकामा थुप्रै राज्य जातीय आधारमा नामाकरण भएको उदाहरण प्रस्तुत गर्दै उनले नेपालमा पहिचानको आधारमा प्रदेशको नामाकरण गर्न किन नहुने भनि प्रश्न गरे ।नागरिक चौतारीका अध्यक्ष सुन्दर गुरुङका
२२ चैत्र २०७९, बुधबार
प्रतिक्रिया