कपिलवस्तु, २३ चैत्र । लामो समय (३/४ महिना) देखि प्रहरीले अनुमति पाउन नसकेको न्यायधिक पक्राउ कार्यमा गृहमन्त्री नारायण काजी श्रेष्ठको कडा निर्देशनले काम गरेकोछ । अदालतमा पक्राउपूर्जी जारी गर्न माग गर्न नै आलटाल गरेको प्रहरीले श्रेष्ठको कडा निर्देशन पछि अदालत समक्ष माग गरयो र अदालतले समेत पक्राउ गर्न आदेश दिएको पुष्टि भएकोछ । कान्छी श्रीमतीले दिएको वैवाहिक जबरजस्ती करणी मुद्दामा कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीलाई सोही अदालतले पक्राउका लागि प्रहरीलाई अनुमति दिएको छ । जिल्ला अदालत कपिलवस्तुले न्यायाधीश भुवन गिरीविरुद्ध उनकी कान्छी श्रीमती आरती रावलले जबरजस्ती करणीको मुद्दा दिएकी थिइन् । यद्यपी न्यायधीश गिरी दुई साताअघि काजमा न्यायपरिषदमा गएका छन् ।
जिल्लामा पटक पटक उनले यो विवाद समाधान गर्न चाहेपनि रोकिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले न्यायाधीश गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै अदालत समक्ष पक्राउ पुर्जी माग गरेपछि अदालतले अनुमति दिएको अदालत स्रोतले बतायो ।सोहीअनुसार गिरीविरुद्ध सोमबार पक्राउ पुर्जी जारी भएको अदालतका स्रोतको भनाइ छ । न्यायाधीश गिरीविरुद्ध उनकै श्रीमतीले वैवाहिक करणीको उजुरी कपिलवस्तु प्रहरीमा दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी प्रेम बस्नेतले न्यायाशीध गिरीको विषयमा मुद्दा चलिरहेको र अनुसन्धानको विषय नसकिएकाले अहिले नै यसो गरेको भन्न नमिल्ने बताए । तर न्यायाधीश गिरी र उनको परिवारले उजुरी दिएकी आरती रावलले अनेक बहानामा फसाउन षडयन्त्र बनाइरहेको दाबी गर्दै आएका छन्
२३ चैत्र २०७९, बिहिबार
प्रतिक्रिया