प्रदेश

लुम्बिनी पीस म्याराथनको उपाधि धावक दीपक अधिकारी र राजपुरा पछाईलाई



लुम्बिनी, २३ चैत्र । शान्ति र संवृद्धिका लागि खेलकूद भन्ने मूल नारासहित बुद्ध जन्मस्थलमा भएको लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगितामा दीपक अधिकारी र राजपुरा पछाइले प्रथम स्थान हासिल गरेका छन् । अन्तर्राष्ट्रिय खेलकूद दिवसको अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बिहीबार २१ किलोमिटरको दूरीमा प्रतियोगिता गराएको थियो ।

प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका अधिकारीले १ घन्टा ६ मिनट२ सेकेन्डमा लुम्बिनी वरपरको २१ किलोमिटरको दूरी पूरा गरेका थिए । यससँगै उनले १ लाख ५० हजार रुपैयाँ नगद पाए । यस्तै महिलातर्फ २१ किलोमिटरको दुरी नेपाल प्रहरीका पछाइले १ घन्टा २४ मिनेट २ सेकेन्डमा पूरा गरेकी थिइन् । उनले १ लाख ५१ हजार रुपैयाँ नगद शिल्ड तथा प्रमाणपत्र पाइन् ।
प्रतियोगितामा पुरुषतर्फ एपीएफका गोपीचन्द्र पारखी १ घण्टा ६ मिनेट ४६ सेकेन्डमा दूरी पूरा गर्दै द्वितीय भए । त्रिभुवन आर्मीका मुकेश पाल १ घन्टा ७ मिनेट १५ सेकेन्डमा दूरी पार गर्दै तृतीय र त्रिभुवन आर्मीकै नरेन्द्र रावल १ घन्टा ७ मिनेट १५ सेकेन्डमा दूरी पार गर्दै चतुर्थ भए ।

महिलातर्फ एपीएफका विन्द्रा धान्के श्रेष्ठ १ घण्टा २६ मिनेट ७ सेकेन्डमा दूरी पूरा गर्दै द्वितीय भइन् । नेपाल प्रहरीका रेखा विष्ठ १ घन्टा २६ मिनेट ११ सेकेन्डमा दूरी पार गर्दै तृतीय र त्रिभुवन आर्मीका पूर्णलक्ष्मी १ घन्टा २८ मिनेट ३३ सेकेन्डमा दूरी पार गर्दै चतुर्थ भइन् । दुवै विधामा द्वितीयले ७५ हजार र तृतीयले ५० हजार र तृतीयले ३० हजार रुपैयाँ नगद पुरस्कार पाए ।

पुरुषतर्फ त्रिभुवन आर्मीका गजेन्द्र राई पाचौं र महिनदेव जोशी छैटौं भए । एपिएफका राजेन्द्र तामाङ सातौं एवं त्रिभुवन आर्मीका जितेन्द्र दनुवार आठौं, प्रेमबहादुर बस्नेत नवौं र टंक कामी दशौं भए । यस्तै महिलातर्फ नेपाल प्रहरीका राममाया बुढा चौथो र एपिएफका आशा रावल छैटौं भए । त्रिभुवन आर्मी क्लबका निर्मला केसी सातौं एवं खुलाबाट आठौं सुर्खेतकी विन्दु हमाल, त्रिभुवन आर्मीकी निर्मला पुन नवौ र शारदा शाही दशौं भइन् ।

प्रतियोगितामा दुवै विधाका पाचौंले २० हजार, छैटौले १० हजार, सातौंले ७ हजार, आठौंले ५ हजार र नवौं तथा दशौंले ५, ५ हजार नगद पुरस्कार पाए । प्रतियोगितामा देशभरका २ हजार ५ सय खेलाडी म्याराथनमा उत्रेको अध्यक्ष ध्रुव आचार्यले बताए । बुद्ध जन्मस्थलमा रहेको शान्ति दीपमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मसाल बालेर खेलाडीलाई हस्तान्तरण गरेपछि खेलाडीहरु म्याराथनमा उत्रेका थिए । मायादेवी प्रवेशद्धारबाट सुरु भएको म्याराथन पर्साचौकबाट पुन महिलबार हुदै २ फन्का लगाएर २१ किलोमिटरको दुरी पार गरेका थिए ।

प्रकाशित : २३ चैत्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६