पर्यटन

बाणगंगामा प्राचीन भग्नावशेष फेला, शंरक्षणमा चासो दिन आग्रह




हरि घिमिरे
कपिलवस्तु, २३ चैत्र ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न. ७ मा प्राचीन भग्नावशेष फेला परेको छ । बुद्धकालिन इटा सहितको भग्नावशेष मोतिपुर (भैपुरा) स्थित सुपादेउराली मन्दिर नजिकै फेला परेको हो । यत्रतत्र अबस्थामा प्राचीनकालिन इटाका टुक्राहरु रहेको भग्नावशेष फेला परेपछि स्थानियले फेसबुकमा पोष्ट गरेका थिए ।

उक्त पोष्ट देख्न साथ होटल तथा पर्यटन ब्यबसायी संघको टिम उक्त स्थानमा पुगि स्थलगत अबलोकन गरेको छ । इटाका टुक्राहरु संगै इटाबाट निर्मित देवाल पनि रहेको बताईएको छ । उक्त स्थानमा भेटिएका केहि इट्टा होटल तथा पर्यटन ब्यबसायी संघ कपिलवस्तुले तिलौराकोट पुरात्वत बिभाग एबम संग्रहालयलाई बुझाएको छ ।

होटल तथा पर्यटन ब्यबसायी संघले यस्ता अवशेषहरुलाई शंरक्षणमा ध्यानदिन तिलौराकोट पुरात्वत बिभाग एबम संग्रहालयका कार्यालय प्रमुख शान्ती शेर्मालाई ध्यानाकर्षण गराएको संघले जनाएको छ ।

यसैविच होटल तथा पर्यटन ब्यबसायी संघ कपिलवस्तुका अध्यक्ष रविन्द्र पौडेलले धार्मिक तथा पर्यटकिय स्थलहरुको अनुसन्धान, पुराना अवशेषहरु सम्बर्द्धन र प्रबर्द्धन संगै आन्तरिक तथा बाह्य पर्यटक यस जिल्लामा भित्राउन सकिने बताए । उनले यस्ता अवशेषहरु संरक्षण गर्नु स्थानिय सरकारको दईत्व रहेको बताए । पौडेलले भने “पर्यटकिय संम्भावना भएको यस जिल्लामा प्राचिन सम्पदाको शंरक्षण गर्न सकेमात्र पर्यटकको आगमन हुन्छ ।” उनले यस्ता सम्पदाको शंरक्षणमा चासो दिन स्थानिय सरकार तथा पुरात्वत बिभागलाई आग्रह गरे ।

यस्तै उक्त स्थलको तत्काल जगेर्नाको लागि फुलबारी सामुदायिक बन र होटल तथा पर्यटन ब्यबसाइयी संघ कपिलवस्तुले संयुक्तरुपमा तारबारले संरक्षण गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित : २३ चैत्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६