देश

सरकारको नीति तथा कार्यक्रमका लागि माओवादीले माग्यो सुझाव



काठमाडौं, २४ चैत्र । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले आगामी आर्थिक बर्षका लागि सरकारले ल्याउने नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयहरुमा सुझाव माग गरेको छ ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय विभागका प्रमुखहरुसँग प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित पदाधिकारीहरुले छलफल गरेका थिए । उक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयहरुमा सुझाव माग गरेका हुन् ।

बैठकमा सहभागी माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले नीति तथा कार्यक्रमबारे पाँच दिनभित्र सुझाव दिन पार्टीका केन्द्रीय विभागका प्रमुखहरुलाई आग्रह गरिएको बताए ।

प्राप्त सुझाव अध्ययन गरेर नीति तथा कार्यक्रममा समेटिने उनले बताए । सचिव पौडेलका अनुसार आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने नीति तथा कार्यक्रमबारे सुझाव संकलनको काम चलिरहेको छ । सोही क्रममा पार्टीले आफ्ना कमिटीलाई पनि सुझाव दिन भनेको हो ।

प्रकाशित : २४ चैत्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६