देश

विश्व स्वास्थ्य दिवसको अवसरमा पत्रकार योगी सम्मानित



बर्दिया, २४ चैत्र । ७५ औँ विश्व स्वास्थ दिवसको अवसरमा बर्दियाको ठाकुरबाबा नगरपालिकाद्वारा पत्रकार भावुक योगी सम्मानित हुनुभएको छ ।

कोभिड १९ महामारीको समयमा रोकथाम र नियन्त्रणका लागि सञ्चारमाध्यमबाट समुदायस्तरमा निरन्तर सन्देशमूलक समाचार सम्प्रेषणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेपाल पत्रकार महासङ्घ बर्दियाका उपाध्यक्ष एवम् रेडियो टाइगरका प्रबन्ध निर्देशकसमेत रहनुभएका पत्रकार भावुक योगी आज नगरपालिकाद्वारा सम्मानित हुनुभएको हो ।

पत्रकार योगी जिल्लाबाहिर रहेका कारण नगरपालिकाका मेयर तिलकराम लम्साल र उपमेयर विनाकुमारी भट्टराईले संयुक्तरूपमा योगीका प्रतिनिधि एवम् रेडियो टाइगरका स्टेशन प्रमुख रामबहादुर थारुलाई सम्मानपत्र प्रदान गर्नुभएको हो ।

दिवसको अवसरमा नगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा पत्रकार योगीसँगै स्वास्थ्य कार्यलय बर्दियाका प्रमुख गोकर्ण गिरी, नगर स्वास्थ्य प्रमुख इन्द्रबहादुर राजवंशी, नगर अस्पतालका डा. कुलदीप यादव, नेपाल रेडक्रस सोसाइटी ठाकुरबाकाका सभापति यज्ञ नेपाल, स्वास्थ्यकर्मी दीपक थापा, राजेन्द्रप्रसाद सुवेदी, कृष्णप्रसाद पौडेल, विष्णुप्रसाद ज्ञवाली, बलबहादुर खत्रीसहित ७८ जनालाई सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले बताउनुभयो ।

कोभिड १९ को पहिलो र दोस्रो चरणको महामारीका बेला आ-आफ्नो क्षेत्रबाट स्थानीयलाई सतर्कता अपनाउन, सङ्क्रमितलाई क्वरेण्टीन, आइसोलेशन र अस्पतालसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोे भन्दै पत्रकार, रेडक्रसकर्मी, स्वास्थ्यकर्मी, कर्मचारीलगायतलाई सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत रिजालले बताउनुभयो ।

वि।सं। २०७२ सालको भूकम्पपछि बर्दियामा सुरु गरिएको रक्तदान अभियान र कोभिड १९ महामारीको समयमा सञ्चारमाध्यमबाट निरन्तर समाचार सम्प्रेषण गरेको भन्दै एक महिनाअघि पनि स्वयमंसेवी रक्तदाता समाज बर्दियाको दोस्रो जिल्ला अधिवेशन कार्यक्रममा पत्रकार योगी सम्मानित हुनुभएको थियो ।

झन्डै दुई दशकदेखि वन, वन्यजन्तु तथा वातावरण संरक्षण र समाजिक क्षेत्रमा कलम चलाउनुभएका योगीले सात वर्षअघि बाघ संरक्षणमा टेवा पुग्ने उद्देश्यसहित बर्दियाको भुरीगाउँमा रेडियो टाइगर पनि सञ्चालनमा ल्याउनुभएको छ । विभिन्न अभियानमा समाचार सम्प्रेषण गरेबापत बेला–बेला उहाँलाई विभिन्न सङ्घ संस्था तथा कार्यालयले सम्मान गर्दै आएका छन् ।

यसैबीच दिवसको अवसरमा विभिन्न सन्देशमूलक प्ले कार्डसहित र्‍याली निकालेर भुरीगाउँ बजार परिक्रमा गरिएको स्वास्थ्यकर्मी विष्णुप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

प्रकाशित : २४ चैत्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६