कपिलवस्तु २४ चैत्र । कपिलवस्तुको एक स्थानीय तहमा एमालेले संसदीय दलको अभ्यास गरेको छ । नेकपा एमाले वाणगंगा नगरको पहिलो पालिका सभादलको वैठक शुक्रवार भएको हो । दलको वैठकलाई सम्बोधन गर्दै पाटीका पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेश मुख्यमन्त्रीका राजनैतिक सल्लाहकार दधिराम न्यौपानेले कम्युनिष्ट पाटीको नेतृत्वकर्ता नेकपा एमाले भएको बताउदै गर्वका साथ आफ्नो भाग्य र भविष्य बनाउन युवाहरु सक्रियताका साथ अघि बढ्न आग्रह गर्नु भएको छ ।
मुलुक बनाउने अभिभारा नेकपा एमालेको काधमा रहेको जिकिरगर्दै नेता न्यौपानेले अब आउने निर्वाचनमा पाटीको निति सिद्धान्त आम कार्यकर्ताले वुझ्ने छन र नेकपा एमालेलाई अत्यधिक मतले विजय गराउने बताउनु भयो । माथि देखि वडा तह सम्म पाटीको सभादल बन्ने र योजनाका साथ पाटीले काम अगाडि बढाउने छ । निर्वाचनका बेला पाटीले घोषणा पत्रमा गरेका प्रतिवद्धताहरु पाटी कमिटि , जनप्रतिनिधि विच वृहत छलफल गरि काम गरिने छ , नेता न्यौपानेले भन्नु भयो । पाटीमा काम गर्नेहरुले जिम्मेवारी अनुसार निस्वार्थ भावनाका साथ काम गर्नेु पर्ने समेत उहाँले बताउनु भयो ।
कार्यक्रममा बोल्दै पाटी अध्यक्ष डम्मर शर्माले पाटी कमिटि र जनप्रतिनिधि विच समन्वय गर्दा उपलब्धी हासिल भई परिणाम देखिने बताउनु भयो । आवधिक योजना निमार्ण गर्दा वृहत छलफल गरेर लैजानु पर्ने जनाउनु भयो । आगामी दिनमा एमालेबाट जितेर गएका जनप्रतिनिधिले जनताको मन छुने गरेर काम अघि बढाइने बताउनु भयो । कार्यक्रममा लुम्बिनी प्रदेश सचिवालय सदस्य झविलाल पोख्रेलले शिक्षा क्षेत्रमा विथिती रहेको भन्दै यसलाई सुधार गर्नु पर्ने बताउनु भयो । सुशासनलाई एमालेले जोडतोडका साथ आवाज उठाउनु पर्ने नेता पोख्रेलले बताउनु भयो । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सदस्य एवं वाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले नगरलाई स्वच्छ र हरावरा बनाउ सबैको साथ र सहयोगको आवश्यता पर्ने बताउनु भयो । सडक निमार्ण , विद्यालयका भौतिक सम्रचना लगायतका महत्वपुर्ण कामहरु भएको र बाँकी कार्यकालमा नगरलाई समृद्ध नगर , सुखी नगरवासी बनाउने संकलपका साथ अगाडि बढेको बताउनु भयो ।
कार्यक्रममा जिल्ला सचिवालय सदस्य एवं प्रदेश क्षेत्र १ का इन्चार्ज भेषराज पाण्डेले वाणगंगाका जनप्रतिनिधिले गर्ने काम पृथक हुनु पर्ने बताउनु भयो । वडा नं ९ का अध्यक्ष कमल पौडेलको सञ्चालन , वडा नं ७ का अध्यक्ष विष्णु गिरीको स्वागतमा भएको कार्यक्रममा नगरका उपमेयर रिता कुमारी चौधरी , निर्वाचित वडा अध्यक्ष , कार्यपालिका सदस्य लगायतका जनप्रतिनिधि र पाटी कमिटि विच खुलेर छलफल भएको थियो ।
२४ चैत्र २०७९, शुक्रबार
प्रतिक्रिया