पाल्पा, २५ चैत्र । निस्दी गाउँपालिका– ५ ढुंगानाबेसीस्थित निस्दी खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ।
शुक्रबार साँझ पौडी खेल्ने क्रममा निस्दी गाउँपालिका–३ झिरुबासकी ७ वर्षीया उष्मी सोतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।
ती बालिकाको परिवार ढुंगानाबेसीमा कोठा भाडामा बस्दै आएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया