प्रदेश

भलवाडमा अस्थाई प्रहरी पोष्ट देखाएर नागरीकको आखाँमा छारो, छैनन् प्रहरी




हरि घिमिरे
कपिलवस्तु, २५ चैत्र ।
कपिलवस्तुको बाणगंगा वडा न.९ मा भलवाडमा अस्थाई प्रहरी पोष्ट देखाएर नागरीकको आखाँमा छारो हाल्न खोजिएको छ । ईलाका प्रहरी कार्यालय पिपरा मातहत रहेको अस्थाई प्रहरी पोेष्टमा प्रहरी नहुदाँ नागरीकलाई पोष्ट देखाएर झुक्याउन खोजिएको हो ।

भलवाडमा एक प्रहरी चौकीको आवश्यकता महशुस गरी स्थानीयले लामो समय देखी माग गरिरहेको भए पनि अहिले भने एक अस्थाई प्रहरी पोष्ट देखाएर नागरीकको आखाँमा छारो हाल्न खोजिएको प्रष्ट भएको छ ।


खोजिपुर सामुदायीक बनका अध्यक्ष दिपक थापाले भने ‘प्रहरी पोष्ट निमार्ण भएपछी प्रहरी बस्छ र हामि शुरक्षित हुन्छौं भन्ने लागेको थियो ।’ पोष्ट निमार्ण त भयो तर यहाँका समस्या शुरक्षा चुनौति हरु उस्तै छन् । ‘पोष्ट छ प्रहरी छैनन’् उनले भने । थापाले प्रहरी बस्छ भनेर पोष्ट निमार्ण गरियो तर पहरीको नाक मुख नदेखीएको बताए ।


ईलाका प्रहरी कार्यालय पिपराको आग्रहमा वडा न. ९ को समन्वय तथा त्यहाँका सामुदायीक वनहरुको संयुक्त लगानिमा पोष्ट निमार्ण गरिएको वडा अध्यक्ष कमल पौडेलले बताए । उनले भने “यस क्षेत्रका जनता तथा यहाँका प्रकृतिक सम्पदाहरुको शुरक्षाका लागि प्रहरी पोष्ट बनाएको हा, तर नियमित प्रहरी नहुदाँ समस्या उस्तै छन् ।”
वडा अध्यक्ष पौडेलले यस क्षेत्रमा भएका नदि जन्य पर्दाथ चोरी निकासिको समस्या हट्ने आश थियो, वन जंगलको तस्कर कम होला भन्ने आश थियो, तर नियमित प्रहरीको निगरानी नहुदाँ सबै जस्ताको तेस्तै रहेको उनले बताए । पोष्ट निमार्णमा रु २ लाख ५० हजार खर्च भएको पौडेलले बताए ।


यता इलाका प्रहरी कार्यालय पिपराले प्रहरी बस्ने गरि पोष्ट स्थापना नभएको बताएको छ । नियमित प्रहरी पठाउने काम भएको छ पिपराले भन्यो । गस्ती र केहि घटना हुदाँ तुरुन्त पुग्ने गरेको ईलाका प्रहरी कार्यालय पिपराका सई हरि विष्टले बाताए । उनले भने “पोष्ट त राखियो तर बस्ने गरि राखेको हैन् ।” त्यो प्रकृया पुराएर अगाडी बढाउन सकिने उनले बताए ।

उता प्रहरी पोष्ट स्थापना हुँदा उत्साहित भएका भलवाडका स्थानीय अहिले दैनिक बन्द अवस्थामा देखिने उक्त पोष्ट देख्दा भने निराश हुने गरेका छन् ।

प्रकाशित : २५ चैत्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६