कपिलवस्तु २५ चैत । कपिलवस्तुको बाणगंगा नगरले मिसन ग्रासरुटको समिक्षा गरेको छ । आज भएको समीक्षा सामारोहमा वोल्दै एमालेका पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले अव देशमा एमाले वाहेक कोही पनि पार्टी बहुमत ल्याउने अवस्थामा नरहेको जनताले मिसन ग्रासरुट मार्फत बुझेको वताउनु भयो । उहाले एमाले अव नेपालको मात्र होइन दक्षिण एसियाकै शक्तिशाली पार्टीका रुपमा विकसित हुने चरणमा रहेको प्रष्टाउनु भयो ।

समीक्षा कार्यक्रममा वोल्दै एमालेका प्रदेश नेता वावुराम खानालले एमालेका लागि कपिलवस्तु नै लाल किल्ला भएको स्पष्ट पार्नु भयो । एमालेका प्रदेश नेता हिरालाल पौडेलले मिसन ग्रासरुटले एमालेका जनसंगठन समेत मजवुत वनेको वताउनु भयो ।
एमाले वाणगंगाका उपाध्यक्ष मुक्त वाहादुर कार्कीको अध्यक्षता र नगर सचिव विष्णु गिरीको संचालनमा भएको समीक्षा समारोहमा एमाले वाणगंगाका ११ वटै वडाका अध्यक्षहरुले प्रतिवेदन पेश गरेको एमाले जिल्ला प्रचार विभाग उपप्रमुख एवम वाणगंगा ४मा अभियानको जिल्ला संयोजन कर्ता पार्वती पाण्डेले जानकारी दिनु भयो ।








प्रतिक्रिया