पशुपति गिरी
बाणगंगा ,चैत २५गते। कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडमा नव प्रभात बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा भैरव आँखा अस्पतालको प्राविधिक सहयोग त्यस्तै लियो र लायन्स क्लवको सहयोगमा एक दिने निशुल्क आँखा उपचार शिविर सम्पन्न गरिएको छ ।
उक्त शिविरबाट २७० भन्दा धेरै स्थानियहरुले उपचार सेवा लिएका छन् ।कार्यक्रमका संयोजक तथा नव प्रभात बचत तथा ऋण सहकारी संस्थाका सचिव दिपक कुवँरले दिनुभएको जानकारी अनुसार शिविरमा आँखाको निशुल्क जाँच तथा परामर्श सँगै बिरामीहरुलाई चश्मा समेत विरतण गरिएको छ ।
शिविरमा जाँच गराएका मध्ये १५ जनामा मोतिया बिन्दुको समस्या देखिएको जनाइएको छ । मोतिया बिन्दुको समस्या देखिएका बिरामीको आँखाको अप्रेसनका लागि परामर्श प्रदान गरिएको छ भने जाँच गराएका मध्ये ३० जनालाई चश्माको प्रयोगका लागि चश्मा पनि प्रदान गरिएको कार्यक्रम संयोजक दिपक कुँवरले जानकारी दिनुभयो ।
भलवाड स्थित सगरमाथा विद्या मन्दिरको प्राङ्गणमा आयोजना गरिएको उक्त कार्यक्रम नव प्रभात बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बसन्त खनालको अध्यक्षता त्यसैगरी वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेलको प्रमुख आतिथ्यतामा रहेको थियो ।
उक्तकार्यक्रमलाई सम्बोधन गर्दै लियो क्लवका अध्यक्ष सगर बनजाडेले यस्ता किसिमका कार्यक्रमहरू कुनै पनि संस्थाको समाजिक दायित्व अन्तरगत पर्ने र यस किसिमका कार्यक्रमहरू आगामी दिनहरूमा अरू पनि गर्नुपर्नुेमा जोड दिएका थिए। कार्यक्रममा प्रमुख अथिति लगायत अन्य अथितिते यसै कुरामा जोड दिनुभयो ।
प्रतिक्रिया