बुटवल २५ चैत, । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले देशको व्यापार घाटा कम गर्न नेपालका ढुंगे भीर काटेर ढुंगा तथा नदीबाट गिट्टी बालुवा र वनबाट काठ बेच्नुपर्ने बताएका छन् ।पहाडका ढुंगे भीरहरु सयौं वर्षदेखि उपयोगबिहीन भएर बसेका भन्दै मुख्यमन्त्री गिरीले त्यस्ता भीर र पहाड काटेर ढुंगा बेच्न सके खरबौं आम्दानी गर्न सकिने बताए ।
पश्चिमाञ्चल यातायात व्यवसायी संघको साधारण सभा उदघाटन गर्दै उनले आफ्नो मुलुकमा भएका प्राकृतिक स्रोत साधन वातावरणलाई असर नपर्ने गरी निर्यात गर्नसके व्यापार घाटा कम हुने र यातायात व्यवसायीले पनि काम पनि पाउने औंल्याए ।‘मुलुकमा भएका प्राकृतिक स्रोत साधन वातावरणलाई असर नपर्ने गरी नबेचे के बेचेर आम्दानी गर्ने त ?, मुख्यमन्त्री गिरीले प्रश्न गरे ।
२६ चैत्र २०७९, आइतबार
प्रतिक्रिया