अर्घाखाँची, २६ चैत्र । अर्घाखाँचीको शीतगङ्गामा दुई दिनदेखि टेलिफोन सेवा ठप्प भएको छ ।
शनिवार हिजो बेलुका ८ बजेदेखि अर्घाखाँचीको शीतगङ्गा-४ ठाडामा जडान गरिएको नेपाल टेलिकमको टावरमा समस्या आएपछि टेलिफोन सेवा बन्द भएको हो ।
साविकको ठाडा, जुकेना, जलुके, सिद्धारा, सिमलपानी, सीतापुर, सुवर्णखाल गाविसका नागरिक टेलिफोन सेवाबाट वञ्चित भएका छन् ।
टेलिफोन टावरमा समस्या आएपछि नेपाल दुरसञ्चार कार्यालय सन्धिखर्क, बुटवल र काठमाण्डौमा पटक पटक ताकेता गरिएको तर समस्या भने समाधान नभएको स्थानीयको गुनासो छ ।
टावरमा जडान गरिएका उपकरण जीर्ण भएका र चट्याङका कारण काम गर्न छाडेको नेपाल दुरसञ्चार कार्यालय सन्धिखर्कले जनाएको छ । काठमाण्डौबाट नयाँ उपकरण मगाइएको टेलिकमले जनाएको छ ।
नयाँ उपकरण आएपछि टावरमा जोडिने नेपाल दुरसञ्चार कार्यालय सन्धिखर्कका प्रमुख इञ्जिनियर गोविन्द पराजुलीले जानकारी दिनुभयो ।
प्रतिक्रिया