देश

दुई करोड घुस माग्ने रास्वपा सांसद निलम्बित



काठमाडौं, २६ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद डा. ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएपछि सांसद श्रेष्ठलाई पार्टीले कारबाही गरेको हो।

प्रमुख सचेतक सन्तोष परियारले आफूहरूले घुस मागेको अडियो सुनेकाले एक साताका लागि निलम्बन गरेको जानकारी दिए। यसबारे पार्टीको अनुशासन समितिले थप बुझ्ने बताए। रास्वपाले उनलाई समानुपातिकतर्फबाट सांसद बनाएको थियो।

उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्न पार्टी सभापति रवि लामिछानेलाई दुई करोड बुझाउनुपर्ने भन्दै प्रसाईंसँग गरेको कुराकानीको अडियो सार्वजनिक भएको थियो। उनले उक्त रकम आफूले पाएर स्वास्थ्यमन्त्री भएपछि व्यवसायी प्रसाईंका पक्षमा काम गर्ने बताएका छन्।

‘आज मैले फिक्स्ड गर्नुपर्छ पैसा, उधारो हुन्न भन्छन् फेरि,’ उनले फोनमा भनेका छन्, ‘साढे दुई भनेका छन्, तर एक दियो भने पनि मान्छन् होला।’

आफूले दुई करोड रूपैयाँ दिने ग्यारेन्टी गर्दै प्रसाईंले भनेका छन्, ‘म दुई करोड दिन्छु, ग्यारेन्टी भयो। भोलि मेरो पनि काम गर्नुपर्छ तपाईंले।’

प्रकाशित : २६ चैत्र २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६