कृषि

कृषि क्षेत्रबाट यथेष्ट आम्दानी गर्दै बाणगंगाका पौडेल




हरि घिमिरे,

कपिलवस्तु, २८ चैत्र ।
मिहेनत र परिश्रम गरे रोजगारीको लागि विदेशमा मात्रै होइन, स्वदेशमा पनि पशुपालनबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण कपिलवस्तुमा धेरै कृषकको सफलतामा देखिएको छ । कतिपय विदेशमा पुगेर समेत मिहेनत र परिश्रमलाई चिनेका युवाहरु नै कृषि कर्ममा जमेका छन् ।

बाणगंगा नगरपालिका–८ पुलचोकका दिपेन्द्रबिक्रम पौडेलको दैनिकी पशु फर्मबाट सुरु हुन्छ । उनी बिहानै फर्ममा पुगेर भैंसीलाई दानापानी खुवाउने र गोठ सफा गर्छन् । यस्तै दिनचर्यामा नै उनको १४ वर्ष बितिसकेको छ ।

आफ्नै गाउँघरमा व्यवसाय गर्दाको खुसी बेग्लै रहेको उनको अनुभव छ । थोरै रकम मार्फत सुरु गरेको व्यवसाय अहिले रु करिब ५० लाख बढीको लगानी पुगेको उनी बताउँछन् ।

शान्ती पशु फर्म दर्ता गरेर व्यवसाय गर्दै आएका पौडेलले आफ्नै ढाई बिघा जग्गामा घाँसखेती समेत गरेका छन् । २०६१÷६२ तिर रोजगारीको शिलसिलामा उनी दुवई पुगे, सुरुवाती चरणमा कमाएको ४ लाख रकम फर्ममा लगानी गरि गाईपालन सुरु गरेका थिए ।

ब्यवसाय सुरु गरेको २ बर्षमा ब्यापार संकटमा परेपछि उनी अतालिए । तर मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल भइन्छ भन्ने राम्रै उदाहरण उनी अहिले बनेका छन् ।

वैदेशिक रोजगारीमा जाने प्रवृत्तिका बाबजुद भैँसीपालनबाट उनले मासिक ६० हजार बढी आम्दानी गर्दै आइरहेका हुन् । उनीसँग भैँसी मात्रै होइन, अन्य चौपाया पनि प्रशस्तै छन् । दैनिक ५० देखि ७० लिटर दुध उत्पादन भई बेच्ने गरेको उनी सुनाउँछन् । घाँसमा आधारित पशुपालन निकै प्रभावकारी रहने पौडेल बताउँछन् ।

घाँसको सिजनमा कपिलवस्तु, अर्घाखाँची तथा रुपन्देहीमा ७ लाख बढिको घाँसका बिरुवा बिक्रि गर्ने गरेका उनी घाँसमा आधारित पशुपालन गर्न अन्य कृषकलाई सुझाउँछन् । लागत पनि कम पर्ने तथा दुध उत्पादनमा बढावा आउने भएसँगै पौडेलले घाँस उत्पादनमा समेत बिशेष जोड दिएका छन् ।

परिवार भन्दा बढि पशुलाई स्याहार गर्न र स्नेह लाग्ने बताउने पौडेलले पशुलाई पनि मानिसलाई जस्तै माया दर्शाउने हो भने उत्पादन र उत्पादकत्वमा बृद्धि हुन्छ । पशुपालन सँगै घाँस खेतीलाई समेत प्राथमिकतामा राखेर काम गरेको उनले बताए ।

फर्मको अवलोकनको क्रममा कृषि तथा बनविज्ञान बिश्वबिद्यालयका सहप्राध्यापक निराजन भट्टराईले हैसियत अनुसारको मझौला फर्म संचालन गर्दा प्रविधिलाई आत्मसात गरेर काम गर्दा सहज हुने बताए । नेपालमा नमुनायोग्य कृषि फर्म संचालन गर्ने कृषकहरुले यहाँ आएर अध्ययन गर्न जरुरी रहेको तर्क गरे ।

एक छोरा र एक छोरीलाई समेत यहि ब्यवसायबाट यथेष्ट रुपमा कमाएर उचित शिक्षा दिएको उनले सुनाए । बजारको सहज पहुँच भएकाले पनि दुध बेच्न कुनै समस्या नरहेको उनले बताए । यस्तै जिल्लाका प्रायः कृषिसम्बद्ध निकायले आफुले उत्पादन गरेको घाँस खरिद गर्ने साथै घाँसका बिरुवा समेत खरिद सहज हुने हुँदा पनि ब्यबसाय सोचेँभन्दा राम्रो भएको बताए ।

हृढ विश्वास र पैसाप्रतिको निरन्तरता सहित लगानी गर्ने हो भने स्वदेशमा नै प्रशस्त कमाइ गर्न सकिन्छ भन्ने कुरा पौडेलले प्रमाणित गरेका छन्‌ । जोखिम मोलेर विदेशमा काम गर्नु जानुको सट्टा परिवारको साथमा रहैर स्वदेशमा नै काम गर्दा लाखौं आम्दानी गर्न सकिन्छ, त्यसको प्रतिनिधि उदाहरण बनेका छन्‌, दिपेन्द्रबिक्रम पौडेल ।

प्रकाशित : २८ चैत्र २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६