कपिलवस्तु२८ चैत ।
मिसनग्रासरुट अभियान अन्तर्गत यशोधराका ३ वटा वडामा भएका भेलावाट वडापार्टी सकृयदल गठन तथा पुनरगठन गरिएकोछ । जस अनुसार वडा नं २ मा मशहुर मुसलमान अध्यक्ष ,मुक्तनाथ मिश्रा उपाध्यक्ष ,मुक्तिनाथ चौवे सचिव गौतम तेली र बरसातीपासी उपसचिव रहनेगरी २१ सदस्यीय वडा पार्टी सकृयदल गठन भएको छ । यसैगरी वडा नं ८ मा अजय प्रताप चौधरी अध्यक्ष,पानमति यादव उपाध्यक्ष ,मनिश उपाध्याय सचिव ,सहदेव मुराउ र सर्मिला लोहार उपसचिव रहने गरी २१ सदस्यीय वडा नं ८ नेकपा एमाले पार्टी सकृयदल गठन भएको छ ।
ती दुबै वडामा छुटटाछुटटै भएका भेलामा संबोधन गर्दै लुम्विनी प्रदेशका पूर्व मन्त्ती एवम एमाले प्रदेश नेता धरमवहादुरलाल श्रीवास्तवले एमाले अव मधेसदेखी पहाडहुदै हिमाल सम्म नम्वर एक पार्टी बनिसकेको वताउनु भयो । प्रदेश नेता राधेश्याम पाठकले एमाले सरकारका जनप्रिय काम नै पार्टी प्रतिको आकर्षणका कारण बनेको वताउनु भयो । जिल्ला सचिवालय सदस्य भेष्राज पाण्डेले जिल्लाको तर्फवाट १४ जना र प्रदेशका तर्फवाट ४ जना नेता २ महिनादेखि यशोधरामा खटेकाले यहाको पार्टी संगठन मजवुत र सुदृढ हुनै पर्ने स्पष्ट पार्नु भयो ।
गाउ कमिटी सचिव राजेन्द्र मौर्यको संचालन मा भएको भेलामा जिल्ला कमिटीका सदस्य जीवनाथ कडेल , दिलकुमारी भण्डारी र गाउपालिका अध्यक्ष हरम सरिफ मुसनलमानले समेत शुभकामना मन्तब्य राख्नु भएको थियो । यसोधाराका सबै वडाहरुमा नयाँ कमिटी निर्मण र विद्यमान कमिटीको पुनरगठन अभियान अन्तिम चरणमा पुगेको वताईको छ ।
प्रतिक्रिया