कपिलवस्तु २९ चैत । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग स्वास्थ्यमन्त्री बन्न दुई करोड माग गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीले सांसद र पार्टी साधारण सदस्य समेत नरहनेगरी निलम्बन गर्ने भएको छ।आज चितवनमा बस्ने केन्द्रीय समितिको जुम बैठकले उनलाई संसदबाट समेत हटाउन संसद सचिवालयमा पत्र पठाउने तयारी गरिरहेको सभापति रवि लामिछाने निकट नेताले मंगलबार राति बताए।‘ढाकाजीलाई पार्टी साधारण सदस्य समेत नरहनेगरी निलम्बन गर्ने तयारी छ। संसदबाट पनि निलम्बन गर्नका लागि संसद सचिवालयमा भोलि पत्राचार हुन्छ,’ सभापति रवि लामिछाने निकट ती नेताले भने, ‘ढाकाको टेप प्रकरणले चितवनको चुनावमा असर पार्ने कोसिस भएको भन्दै सभापतिजी निकै आक्रोशित हुनुभएको छ।’भ्रष्टाचारको प्रकरणमा मुछिनेलाई छोड्न नहुने भन्दै सभापति लामिछानेले आपतकालीन केन्द्रीय समितिको बैठक बोलाएका हुन्।
भोट घट्छ भने पनि स्वीकार्न तयार छु : रवि लामिछाने
बैशाख १० गतेको उपचुनावको लागि रवि चितवन २ नम्बर क्षेत्रमा खटिएका छन्। अन्य नेताहरू बारा र तनहुँमा खटिएका छन्।‘भोलिको केन्द्रीय समितिको बैठक जुममा बस्ने तयारी छ,’ महामन्त्री एवं प्रवक्ता डा।मुकुल ढकालले भने, ‘काठमाडौं, बारा, तनहुँ र चितवनबाट नेताहरु जोडिनुहुन्छ।’श्रेष्ठले मन्त्री हुन दुई करोड लामिछाने निकट कोर टिमलाई बुझाउनु पर्ने भन्दै प्रसाईंसँग मागेको अडिओ आइतबार सार्वजनिक भएको थियो।रास्वपाले त्यसबारे अनुसन्धानका लागि डा। भरतमणि देवकोटाको संयोजकत्वमा ४ सदस्यीय अनुसन्धान समिति बनाएको थियो। समितिलाई ७२ घण्टाभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको थियो। तर, समितिले ५० घण्टाभित्र मंगलबार नै प्रतिवेदन सभापति लामिछाने, महामन्त्रीलाई बुझाइसकेको छ।सोही प्रतिवेदनका आधारमा श्रेष्ठमाथिको कारवाही हुन लागेको हो। रास्वपामा डा। देवकोटा प्रमुख रहेको अनुशासन तथा आचरण समितिमा रामहरि सुवेदी, रमाकान्त रिमाल र यज्ञमणि न्यौपाने छन्।
श्रेष्ठसँग समितिले मंगलबार एक घण्टा लामो बयानसमेत लिएको छ।त्यसअघि श्रेष्ठले सोमबार इमेलमार्फत् लिखित स्पष्टीकरण बुझाएर आफ्नो आवाज एडिट गरेको दाबी गरेका थिए।
२९ चैत्र २०७९, बुधबार
प्रतिक्रिया