कपिलवुस्तु २९ चैत । लुम्विनी प्रदेश सरकारवाट बनाउने भनेर ३ वर्ष अघि निर्णय गरिएको लुम्विनी प्रादेशीक सरुवा रोग अस्पतालको आज एक समारोहका बीच आज विहान ८ः३० वजे चन्द्रौटामा सिलन्यास हुने भएकोछ । लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थीले उक्त सिलन्यास गर्नु हुने भएको हो । प्रदेश सरकारको निर्णय र माग बमोजिम नेपाल सरकारका तर्फवाट तत्कालिन प्रधानमन्त्री केपि शर्मा ओलीले ९ विगाह वढी जग्गा समेत उपलब्ध गराउने मन्त्रीपरिषद बैठकवाट निर्णय गराएपनि सो अस्पताल सिलन्यास सम्म हुन सकेको थिएन ।
कपिलबस्तुवाट निर्वाचित सांसद विष्णु पन्थी स्वास्थ्य मन्त्री बनेसंगै सो अस्पताल निर्माणको कामलाई पहिलो प्राथमिकतामा राखेपछि आज सिलन्यास हुने भएको हो । अस्पताल निर्माणका लागि ठेक्का भएको लामै समय भएपनि काम सुरुवात हुन नसकेर अलपत्र परेको थियो । सिलन्यास संगै द्रुततर रुपमा काम अघि बढ्ने स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोद कुमार गिरीले वताउनु भयो ।सरुवा रोगको उपचार हुने यो अस्पताल लुम्विनी प्रदेशका लागि पहिलो अस्पताल हुनेछ ।
प्रतिक्रिया