पर्यटन

पहिचानवादी अराजक समुहका नाममा मन्त्रीको घर तोडफोड : एमालेको गंभिर आपत्ति




काठमाडौँ २९ चैत । कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको काठमाडौँ पेप्सीकोलामा रहेको घरमा तोडफोड भएको छ । मन्त्री राजभण्डारीको घरमा बुधबार बिहान छापामार शैलीमा केही व्यक्तिहरु प्रवेश गरी तोडफोड गरेको भन्दै नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीले खेद व्यक्त गरेको छ । नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोलाले विज्ञप्ति जारी गर्दै कोशी प्रदेश नामाकरणको विषयलाई लिएर व्यक्तिको निजी सम्पत्तिमाथि गरिएको भौतिक आक्रमण अत्यन्त निन्दनीय र खेदजनक भएको बताएका छन् ।

‘कोशी प्रदेश नामकरणको विषय राजनीतिक विषय हो र राजनीतिक विषयलाई राजनीतिक रुपमै समाधान गरिनुपर्दछ । परिवार र समाजलाई डर, धाकधम्की देखाउँदै आतंकित पार्ने गरी गरिएको यसप्रकारको आपराधिक आक्रमणले बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक पहिचान झल्किने सामाजिक सदभाव सहित मिलेर बसेको हाम्रो समाजलाई विभाजित गर्ने र मुठभेड सम्मको स्थिति सिर्जना गर्न सक्दछ’, चेतावनी दिँदै उनले भनेका छन् । अध्यक्ष बास्तोलाले सस्तो लोकप्रियताको लोभमा गरिएका यस्ता प्रायोजित प्रोपोगाण्डाहरु बन्द गरी समस्या समाधानको बाटोमा लाग्न आग्रह गर्दै तोडफोडमा संलग्नहरुलाई कारवाहीका लागि सरकारसँग अनुरोध गरेका छन् ।

प्रकाशित : २९ चैत्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६