काठमाडौ ३० चैत ।दुर्गा प्रसाईंसँग रकम मागेको अडियो प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठमाथि कारबाहीलाई लिएर दुई धार देखिएको छ।बुधबार अपरान्ह वसुन्धरामा बसेको केन्द्रीय समिति बैठकले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरि निलम्बन गर्दै सांसदबाट पनि पदमुक्त गर्ने निर्णय गरेको छ।तर, सांसदबाट हटाउने निर्णयमा अधिकांश नेताहरूले असन्तुष्टि जनाएको एक पदाधिकारीले नेपालखबरसँग बताए।सभापति रवि लामिछाने श्रेष्ठप्रति निकै आक्रामक थिए। उनैको जोडमा पार्टी र सांसद दुवैबाट हटाउने निर्णय भएको ती नेताले दाबी गरे।
हामी अधिकांश केन्द्रीय सदस्यले ढाकाजीमाथिको कारबाही गरे पनि सांसदबाट हटाउने निर्णय हतारिएर नगरौं, उहाँको बदलामा अहिले नै अर्को सांसद बनाउने निर्णय नगरौं, नपठाऔं भन्यौं, ती पदाधिकारीले भने, तर सभापतिजीले मान्नु भएन। पार्टीलाई ध्वस्त पारेको भन्दै तत्काल निर्णय गर्ने प्रस्ताव गर्नुभयो।सभापति रविजी निकै एग्रेसिभ हुनुहुन्थ्यो तर, उपसभापति डोलप्रसाद अर्याल न्युट्रल बस्नुभयो उनले भने।ती पदाधिकारीका अनुसार दुवै पदबाट कारवाही गर्नुपर्छ भन्ने पक्षमा ९र१० मात्र थिए। रास्वपाको अहिले ३९ सदस्यीय केन्द्रिय समिति छ।बैठकले श्रेष्ठलाई पदमुक्त गरेपछि रिक्त हुने ठाउँमा समानुपातिकतर्फकी उम्मेदवार विन्द्याबासिनी कंसाकारलाई पठाउने निर्णय गर्दै निर्वाचन आयोगमा पत्राचार गर्ने भएको छ।सभापति लामिछानेलाई ढाकाले भनेको कोर टिममा को को छन् भनेर केन्द्रीय सदस्यहरूले प्रश्न सोधेका थिए।
कोर टिम के हो ? को को छन् ? यसबारे बाहिर निकै आलोचना भएर क्वेसन्स उठेको छु, भन्दा उहाँ (रवि)ले कुनै जवाफ दिनुभएन। हामी सबै कोर टिम भन्नुभयो, अर्का केन्द्रीय सदस्यले भने।अर्का एक पदाधिकारीका अनुसार केन्द्रीय समिति बैठक चलिरहेका बेला केन्द्रीय सद्स्यहरुले ढाकासँग स्पष्टीकरण सोधेका थिए।उनी त्यसबेला पत्रकार सम्मेलन सकाएर बसेका थिए।अनुशासन तथा आचरण समितिले दिएको प्रतिवेदनअनुसार उहाँलाई हामीले कोर टिम को हो त भनेर बयान लिएका थियौं, तर जवाफ आएन, उनले भने, ममाथि षड्यन्त्र भयो भन्नुभयो।केन्द्रीय समितिले ढाकालाई भविष्यमा फेरि पार्टीमै फर्कन सक्ने बाटो खुला राखेको छ।यो निर्णयपछि ढाकाजी पुनरावेदनमा जान पाउनुहुन्छ। त्यहाँबाट निर्दोष ठहरिए पार्टीमै निरन्तरता दिन्छौं, ती नेताले भने, प्रमाण पुग्यो भने कानुनअनुसार कार्बाही गर्छौं।खासमा ढाकाप्रति कठोर निर्णयमा पुग्नुमा उनले दुईवटा कुरा गर्दा एकापसमा बाझिएको रास्वपाको निष्कर्ष छ।
उहाँ आफैंले बोलेको कुरामा दुईटा अर्थ लाग्छ। दुई जिब्रे कुरा गर्नु भयो, कहिले अडिओ मेरो होइन एडिटेड गरियो भन्नुहुन्छ, कहिले जनवरीतिरको भन्नुहुन्छ, अर्का नेताले भने, दुइटै पदबाट निलम्बन गर्ने कठोर निर्णय गर्नुको कारण यही हो।सभापति रवि बुधबार स्थलमार्ग हुँदै चितवनबाट काठमाडौ आएका हुन्।
३० चैत्र २०७९, बिहिबार
प्रतिक्रिया