कपिलवस्तु, ३० चैत्र ।
कपिलवस्तु जिल्लाकै एक मात्र क्युएए प्रमाणित क्याम्पस सिद्धार्थ क्याम्पस बाणगंगा बुंचीको अध्यक्षमा डम्मर शर्मा चयन हुनुभएको छ । क्याम्पसको १२ औं क्याम्पस सभाबाट डम्मर शर्माको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिती सर्वसम्मत रुपमा चयनन भएको हो । समितीको उपाध्यक्षमा रबि बहादुर काफ्ले, सदस्यहरुमा सुर्यकुमारी शाही, सुमित्रा घिमिरे, देवकला सुवेदी, गणेश बहादुर क्षेत्री, नारायण भुसाल, राजेन्द्र शाह, कमल चुँदाली, भग्गु प्रसाद थारु, छेदी थारु र सदस्य–सचिवमा क्याम्पस प्रमुख वेदराम रहनुभएको छ । जसको आमन्त्रित सदस्यमा स्ववियु सभापति निलकुमार थारु रहनुभएको छ । यस अगाडि क्याम्पसको अध्यक्ष झविलाल पोख्रेल हुनुहुन्थ्यो ।

क्याम्पसको अध्यक्षको जिम्मेवारी पाएसंगै डम्मर शर्माले जिम्मेवारी प्रदान गर्न सहयोग गर्नुहुने निवर्तमान सञ्चालक समिती, सल्लाहकार, शिक्षक, अभिभावक, विद्यार्थी सम्पुर्णलाई आभार व्यक्त गर्दै सबैको भावना बुझेर काम गर्ने बताउनुभयो । विशेषत ः सामुदायिक क्याम्पसलाई समुदायको हितमा रहने गरि अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्दै क्याम्पसका समस्याहरुलाई सबैको सल्लाह सुझावका आधारमा समाधान गर्नेमा आफ्नो विशेष जोड रहने बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षा प्रदान गर्नमा कुनै कसुर बाँकी नराख्ने बताउदै क्याम्पसको गरिमालाई उचो बनाउने गरि काम गर्ने बताउनुभयो ।








प्रतिक्रिया