काठमाडौं, ३० चैत्र । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह आज फेरि संघीय सरकारमाथि खनिएका छन् । सरकारले आफूलाई असहयोग गरेको बताउँदै आएका साहले सरकारमाथि पटक पटक कडा टिप्पणी गर्दै आएका छन् । त्यसै क्रममा उनले आज ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस्’ भन्दै सरकारलाई चुनौती दिएका छन् ।
‘कि काठमाडौंको हितमा काम गर्नुहोस, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस । हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन, चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस ।’ उनले भनेका छन् । उनले काठमाडौंबासीलाई सम्पदा, संकृति, कला, सभ्यता चाहिने तर राजनीति नचाहिने पनि बताएका छन् ।








प्रतिक्रिया