प्रदेश

कपिलवस्तुको कृष्णनगर नाका हुँदै प्रवेश गरेका १० जनामा कोरोना



कपिलवस्तु, ३० चैत्र । कपिलवस्तुको कृष्णनगर नाका हुँदै नेपाल प्रवेश गरेका १० जनामा कोरोना देखिएको छ । पछिल्लो २ सातामा ४४० जनाको कृष्णनगर नगरपालिकामा रहेको हेल्थ डेस्कमा एन्टीजिन विधिबाट परीक्षण गरिएको थियो ।

पछिल्लो साता १ हजार ५६५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । तीमध्ये ३९२ जनाको एन्टीजिन विधिबाट परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये ९ जनामा कोरोना देखिएको थियो ।

पोजेटिभ देखिएका ९ जनाको भेरियन्ट चेक गर्नका लागि नमुना सङ्कलन गरी केन्द्रीय प्रयोगशालामा पठाइएको स्वास्थ्य कार्यालय कपिलवस्तुका स्वास्थ्य निरीक्षक उमेशचन्द्र घिमिरेले बताउनुभयो । अघिल्लो साता १ हजार ४८४ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

तीमध्ये लक्षण देखिएका ४८ जनालाई एन्टीजिन परीक्षण गर्दा १ जनामा सङ्क्रमण भएको पुष्टि भएको थियो । कोरोना सङ्क्रमण देखिनेमा अर्घाखाँची, प्युठान, दाङ, कपिलवस्तु, गुल्मीका छन् ।

प्रकाशित : ३० चैत्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६