प्रदेश

बाणगंगामा थ्रेसरमा परेर एक महिलाको मृत्यु




कपिलवस्तु, ३० चैत्र ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः १ बठनपुरमा थ्रेसर लगाउने क्रममा एक जना महिलाको मृत्यु भएको छ । गहुँ थ्रेसिङ गर्ने क्रममा बाणगंगा नगरपालिका ४ गजेहडाकी ५० बर्षीया पार्वती नेपालीको मृत्यु भएको हो । विहिबार दिउँसो करिब ३ बजे खेतमा थ्रेसर लगाउने क्रममा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रहरीका अनुसार लु ४ त ३३७७ नम्बरको ट्रयाक्टरमा जडित थ्रेसरको पुल्लीमा हात परेपछि उनको मृत्यु भएको हो । ट्रयाक्टर चालक बाणगंगा नगरपालिका ११ हथौसा निवासी राजकुमार थारुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहको प्रहरीले जानकारी दिएको छ । अहिले शवलाई पोष्टमार्टमका लागी जिल्ला अस्पतालमा तौलिहवामा राखिएको छ ।

प्रकाशित : ३० चैत्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६