प्रदेश

लुम्बिनीका तराई क्षेत्रमा दिउँसो र बेलुका हावाहुरीको सम्भावना



काठमाण्डौ, ०१ वैशाख । काठमाण्डौ उपत्यकासहित धेरै ठाउँको मौसम सामान्यतया सफा छ ।
दिउँसो पछि पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ ।

बेलुकीपख पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङको सम्भावना रहेको मौसमविद् रोजना लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार तत्काल पानी पर्ने सम्भावना भने छैन । पानी नपर्दा गर्मी बढेको छ भने डढेलो, धुवाँधुलोलगायतका कारण वायु प्रदूषण बढेको छ ।

यस्तै, आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने अनुमान गरिएको छ । दिउँसो र बेलुकीको समयमा हावाहुरी चल्ने हुँदा त्यस आसपासका क्षेत्रका नागरिका सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

प्रकाशित : १ बैशाख २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६