अर्थ-वाणिज्य

बैंकहरुको निक्षेपको ब्याजदर घट्यो



काठमाण्डौ, ०१ बैशाख । वाणिज्य बैंकहरूको ब्याजदर घटेको छ । वाणिज्य बैंकहरुले आजदेखि लागू हुने गरी निक्षेपको ब्याजदरमा कटौती गरेका हुन् ।

नेपाल बैंकर्स सङ्घको बैठकले नयाँ वर्ष २०८० सालदेखि लागू हुने गरी मुद्दती तथा बचत खाताको ब्याजदर घटाउने निर्णय गरेको थियो ।

निर्णय अनुसार व्यक्तिगत मुद्दती खातामा बैंकले अब अधिकतम ९ दशमलव ९९ प्रतिशतसम्म ब्याज दिने भएका छन् । यसअघि मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत थियो । संस्थागत खातामा बैंकले ७ दशमलव ९ प्रतिशतसम्म ब्याज दिनेछन् । यसअघि संस्थागत मुद्दतीमा ९ प्रतिशतसम्म ब्याज रहेको थियो ।

त्यस्तै, साधारण बचतमा ५ दशमलव ४ देखि ७ दशमलव ४ प्रतिशतसम्म ब्याज दिनेछन् । यसअघि बैंकहरूले बचतमा न्यूनतम् ६ प्रतिशत ब्याज दिँदै आएका थिए ।

प्रकाशित : १ बैशाख २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६